राजनीतिमा रहेका समाचारहरु
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सबै काम आउने हप्ता भित्रै सकिने बताउनुभएको छ । नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले पार्टी एकताको सबै काम सकेपछि असोज र कार्तिक महिनाभर पार्टी सुदृढीकरण र जनसम्पर्क अभियानमा जुट्ने बताउनुभयो । पार्टी एकता प्रारम्भ भएको १४ महिनासम्म पनि एकिकरणका सबै काम नसकिँदा पार्टीले ठूलो संगठनात्मक क्षति ब्यहोरेकाले अब ढिला गर्न नहुने उहाँले बताउनुभयो । पार्टीका महत्वपूर्ण मानिएका...
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १३ मारहेको स्वास्थ चौकीमा आज बृक्षारोपण गरिएको छ । ३७ औं विपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ बाँकेको आयोजनामा एक सय बढी विरुवा रोपिएको हो । आँप, सगुन, लिच्ची, अशोक, कागती लगायतका विरुवा रोपिएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति रमेश गुप्ताको सभापतित्व एवम् पार्टी जिल्ला सभापति किरण कोइरालाको प्रमुख आतिथ्यतामा गरिएको बृक्षारोपण कार्यक्रममा काँग्रेसका करिब एक सय...
काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...
काठमाडौं । नेपाली कांग्रेस पार्टीले गत निर्वाचनमा पार्टी बिपरित कार्य तथा बागी बनेका उम्मेदवारहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउदै निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा २३ जना छन् । रौतहटका दुई , दैलेखका एक जना र सोलुखुम्बुका २० रहेका छन् ।स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय...
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिमा शेर बहादुर देउवालाई पुनः दोहरिन नदिने पक्षमा आफू रहेको बताउनुभएको छ । नेपाली कांग्रेस बाँकेले ३७ औं विपी स्मृति दिवसका अवसरमा आज नेपालगञ्जमा गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री डा.कोइरालाले आगामी महाधिबेशनमा पार्टीको अहिलेको नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनुभयो । यस विषयमा आफूले पहिलोपटक नेपालगञ्जबाट मुख खोलेको बताउँदै उहाँले सभापति देउबा फेरि सभापतिमा चुनाव लड्ने सम्भावना रहेकाले देउबालाई पुनः नेतृत्वमा आउन नदिन...
रौतहट । नेपाल बिद्यार्थी संघले चिकित्सकसहितको टोलि लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकसहित नेविसंघले बाढी प्रभावितको निस्शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणमा सहयोग गरेको हो। रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर डुबान भएको बस्तीमा सोमबार निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघ नेता दीपक भट्टराईले बताए। बीपी स्मृति दिवसको अवसरमा नेविसंघले आयोजना गरेको शिविरमा पाँच सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।दुषित...
बसन्त शर्मा ।नेपालगन्जको सुर्खेतरोड स्थित बैठक कोठाको भित्तामा टाँसिएको स्व. डा. अरुण कोईरालाको एउटा तस्विरलाई हेर्दै केहि भावुक मुद्रामा देखिएका नेपाली काँग्रेसका माहमन्त्री डा.सशांक कोईराला केही बेरको भावुकतालाई विट मारेर मुस्कुराउँदै बाँके काँग्रेसका नेता तथा कार्यकर्तालाई जय नेपालको अभिवादन गर्दै गरेको दृश्यले नेपालगन्जको कोईराला निवासमा सोमबार एकाएक रौनक छायो । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गरेका महामन्त्री डा.कोईराला विमान स्थलबाट सोझै बाँके जिल्ला पार्टी सभापति किरण कोईराला निवास पुग्नुभयो । कोईराला...
नेपालगन्ज ।नेपाली कांग्रेसका महामन्त्री डा. शशान्क कोइरालानेपालगन्ज आइपुग्नु भएको छ। केही बेर अघि मात्र उहाँ नेपालगन्ज अवतरण गर्नु भएको हो। कोइराला ३७ औं विपी स्मृती दिवसका अवसरमा नेपाली काँग्रेस बाँकेले आयोजना गरेको विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्न नेपालगन्जआउनु भएको हो। केही बेर पछि जिल्ला समन्वय समितीको हलमा १२:३० बजे कार्यक्रमलाई उहाले सम्बोधन गर्नु हुनेछ। ...
नेपालगन्ज।नेपाली कांग्रेस बाँकेले सोमबार बिहान ३७ औ विपी स्मृती दिवसको उपलक्ष्यमा नेपालगन्जमा बिपि चोकमा बिपिको मुर्तिमा माल्यार्पन गरेको छ।त्यस्तै कांग्रेस पार्टी कार्यालयमा रहेको स्वर्गिय विपी कोइरालाको सालिकमा माल्यार्पन गरियो । यसैबिच सोमबार नै बिचार गोष्ठी कार्यक्रम गरिदैछ ।उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला आउदैछन । नेपाली कांग्रेस, बाँकेको आयोजनामा हुने कार्यक्रम जिल्ला समन्वय समिती नेपालगन्जको हलमा मध्यान्ह १२:३० बजे हुने बताइएको छ । ...
काठमाडौं ।नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटार जग्गा प्रकरणमा आफूलाई बयानका लागि नडाकेकको बताएका छन्। उनले आफू आँखाको उपचारका लागि विदेश गएको तर भागेको भनेर प्रचार गरिएकोमा आपत्ती जनाएका छन्। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन आयोजना गर्दै गच्छदारले बालुवाटारमा प्रधानमन्त्री निवास विस्तार गर्ने प्रस्ताव आफूले भौतिक योजना मन्त्रालयका तर्फबाट मन्त्रिपरिषद्मा लगेको बताएका छन्। तर उनले सबै काम नियम पुर्याएर भएको दावी समेत गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...