राजनीतिमा रहेका समाचारहरु
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको विकासप्रेमी डाइनामिक वडा अध्यक्ष मध्येका एक हुन् मो.सफिक बेहना । सहयोगी मिजासका बेहना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हुन् । स्थानीय निर्वाचनमा बेहना राप्रपा बाट वडा अध्यक्षमा विजयी भएका हुन् । वडा अध्यक्षमा निर्वाचित भएपछि विकास निर्माणलाई बेहनाले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनको नजरमा सबैभन्दा ठूलो काम बिकास निर्मााण हो। आफू निर्बाचित भएको २ बर्षको अवधिमा वडा नम्बर ४ मा...
जाजरकोट।विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट छुट्ने गरेका छन् ।पक्राउ परेकामध्ये तीन जना विप्लव समूह छाड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् । विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर...
कपिलवस्तु । प्रदेश नम्बर ५ मा एक जना गाउँपालिकाका अध्यक्षलाई अज्ञात समूहले गोली प्रहार गरेको छ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष रामनयन यादवमाथि बिहीवार अपरान्हमा अज्ञात समूहले गोली प्रहार गरेको हो । उनको कुममा गोली लागेको छ । मोटरसाइकलमा आएका दुईजनाले यादवमाथि गोली प्रहार गरेका थिए । उनीहरुको खोजी कार्य तीब्र पारिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । गोली लागेर घाइते यादवको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । ...
काठमाडौं । उपनिर्वाचन आगामी मंसिरमै गर्ने कुराको सुझाब दिइएको छ।राजनीतिक दलहरूले विभिन्न कारणले जनप्रतिनिधिविहीन भएका स्थानमा आगामी मंसिरमा उपचुनाव गर्नुपर्ने सुझाव निर्वाचन आयोगलाई दिएका छन् । उपनिर्वाचनबारे छलफल गर्न बिहीबार आयोग कार्यालयमा आयोजित सर्वदलीय बैठकका सहभागीहरूले रिक्त रहेका ४७ वटै स्थानमा एकैचोटी उपनिर्वाचन गर्न सुझाव दिएका हुन् ।बैठकमा सहभागी दलका प्रतिनिधिहरूले उपनिर्वाचनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्न माग गरे । थोरै स्थानमा उपनिर्वाचन गर्दा भोटिङ मेसिनको व्यवस्थापन गर्न पनि सहज...
काठमाडौं ।निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा होमिदै छ।रिक्त रहेका स्थानहरूमा उपचुनावको तयारी सुरू गरेको छ।प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा खाली रहेका ४७ वटा स्थानका लागि आउँदो मंसिरभित्रै उपचुनाव गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभामा एक र प्रदेश सभाका तीन ठाउँ रिक्त छ। यस्तै स्थानीय तहका चार जना प्रमुख र एक उपप्रमुखका लागि उपचुनाव गर्नुपर्नेछ। अहिले देशभरीका ३८ वटा वडा अध्यक्षविहीन छन्। ...
काठमाडौं । योगेश भट्टराई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री भएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई पर्यटन, नागरिक तथा उड्ययन मन्त्री नियुक्त गरेका हुन्।उनले नेपाल कम्युनिष्ट पार्टीका तर्फ बाट सांसद जितेका हुुुन् ।उनले आज ४ बजे सपथ लिनेछन्।तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो। त्यसपछि पर्यटन मन्त्रालय प्रधानमन्त्री ओली आफैंले राखेका थिए।पाँच महिनापछि प्रधानमन्त्री ओलीले भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन्।...
नेपालगञ्ज।बाँके कांग्रेसको राजनीतिमा प्रभाव जमाउन क्षेत्र नम्बर १ मा अन्य दलका कार्यकर्ताको नाम कांग्रेसमा सिफारिस गरिएको पाइएको छ।बाँके निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत नरैनापुर गाउँपालिकामा नेपाली कांग्रेसका क्रियाशील सदस्य बढाउने नाममा अन्य पार्टीका नेता कार्यकर्तालाई क्रियाशील सदस्यका लागि सिफारिस गरिएको खुलेको छ। नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबीच भएको एकिकरणपछि समायोजनका लागि नेपाली कांग्रेसमा पठाइएको नाममा समाजबादी फोरम, नेकपा र कांग्रेस स्वयम्कै नेता कार्यकर्ताको नाम पठाइएको खुलेको हो । समाजबादी फोरमका...
जनकपुर।धनुषाको हँसपुर नगरपालिकाको मेयर रउपमेयरबीच विवादले सर्वसाधारणले सास्ती खेप्नु परेको छ। हँसपुरका प्रमुख रामज्ञान मण्डल र उपप्रमुख रेणु झाबीच विवाद बढ्दै जाँदा अहिले उनीहरूले कार्यालय नै बेग्लाबेग्लै सञ्चालन गरेपछि सेवाग्राही मर्कामा परेका हुन्। उपप्रमुख झासँग विवाद भएपछि प्रमुख मण्डलले नगरपालिकाको कार्यालय हँसपुरको बेल्ही चोकमा कार्यालय स्थापना गरेका छन् भने उपप्रमुख झा बघचौडास्थित साविककै कार्यालयमा बसेर कार्यसम्पादन गर्दै आएकी छिन्। उनको घर समेत बघचौडामै छ। कार्यालय बेल्ही चोकमा लगिए पनि त्यहाँ नगरपालिकाको...
काठमाडौं । नेपाल विद्यार्थी संघले काठमाडौंमा विरोध प्रर्दशन गरेको छ।निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एक बर्षसम्म घटनाको सत्य तथ्य सार्वजनिक गर्न नसकेको भन्दै नेपाल विद्यार्थी संघले सरकार बिरुद्ध विरोध प्रर्दशन गरेको हो। नेविसंघ छात्रा समुहको आयोजनामा रत्न राज्यलक्ष्मी क्याम्पस अगाडीको बिरोध प्रर्दशन गरिएको हो। विद्यार्थी नेता पुनम लामाको संयोजकत्वमा भएको कार्यक्रममा निर्मला पन्तलाई सरकारले न्याय दिन नसकेको भन्दै न्याय कता छ भन्दै विद्याथीहरुले नाराबाजी र बिरोध प्रर्दशन गरेका थिए । बिरोध...
रोल्पा : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो सदस्य लालबहादुर वली रिहा भएलगत्तै तेस्रो पटक पक्राउ परेका छन् । पछिल्लो पटक सर्वोच्च अदालतमा परेको बन्दी प्रत्यक्षीकरणको रिट बमोजिम साउन १० मा जिल्ला अदातल रोल्पाबाट रिहा भएका वलीलाई अदातल परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । गत बैसाख ६ गते दाङ तुल्सीपुरबाट पक्राउ परेका उनलाई रिहा गर्न सर्वोच्चले आदेश दिए पनि पुनः पक्राउ परेका थिए । पक्राउपछि वलीलाई...