चिकित्सकको टोलिसहित नेबिसंघ पुग्यो बाढी प्रभावित क्षेत्रमा
प्रकाशित मिति : २०७६, ६ श्रावण सोमबार १६:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
रौतहट । नेपाल बिद्यार्थी संघले चिकित्सकसहितको टोलि लिएर बाढी प्रभावित क्षेत्रमा पुगेको छ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका छ जना चिकित्सकसहित नेविसंघले बाढी प्रभावितको निस्शुल्क स्वास्थ्य परीक्षण र औषधि वितरणमा सहयोग गरेको हो।
Advertisement
रौतहटको गढीमाई नगरपालिका ३ लक्ष्मीपुरस्थित बागमती नदीको बाँध फुटेर डुबान भएको बस्तीमा सोमबार निस्शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको नेविसंघ नेता दीपक भट्टराईले बताए। बीपी स्मृति दिवसको अवसरमा नेविसंघले आयोजना गरेको शिविरमा पाँच सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गरेका छन्।दुषित पानीका कारणले अधिकांश बाढी पीडित बिरामी छन्।‘पीडामा रहेका पीडितलाई मल्हम लगाउन सानो सहयोग गरेका हौं,’ भट्टराईले भने।
नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले नेतृत्वको टोली राहत सामग्री लिएर रौतहट पुगेको छ।रौतहट चपुर, लक्ष्मीपुर क्षेत्रमा दुई सय घर परिवार बाढी प्रभावितलाई राहत सामग्री वितरण गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए।