पार्टी एकता १४ महिनासम्म पनि नटुंगिदा ठूलो संगठनात्मक क्षति भयोः भट्टराई
प्रकाशित मिति : २०७६, ९ श्रावण बिहीबार १५:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य योगेश भट्टराईले पार्टी एकताको सबै काम आउने हप्ता भित्रै सकिने बताउनुभएको छ ।
Advertisement
नेपालगञ्जमा आज आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले पार्टी एकताको सबै काम सकेपछि असोज र कार्तिक महिनाभर पार्टी सुदृढीकरण र जनसम्पर्क अभियानमा जुट्ने बताउनुभयो । पार्टी एकता प्रारम्भ भएको १४ महिनासम्म पनि एकिकरणका सबै काम नसकिँदा पार्टीले ठूलो संगठनात्मक क्षति ब्यहोरेकाले अब ढिला गर्न नहुने उहाँले बताउनुभयो ।
पार्टीका महत्वपूर्ण मानिएका विभागमा जिम्मेवारी लिने विषयमा देखिएको विवाद छिट्टै अन्त्य हुने दाबी गर्दै भट्टराईले यसले पार्टी एकतामा कुनै समस्या नआउने जिकिर गर्नुभयो । सरकार सही दिशा पक्रेर अघि बढेको बताउँदै उहाँले अब विकास र समृद्धिका सरकार केन्द्रित हुने बताउनुभयो ।