बागी उम्मेदवारहरुलाई कांग्रेसद्वारा पार्टीबाट निष्कासन
प्रकाशित मिति : २०७६, ७ श्रावण मंगलवार ०९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । नेपाली कांग्रेस पार्टीले गत निर्वाचनमा पार्टी बिपरित कार्य तथा बागी बनेका उम्मेदवारहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउदै निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा २३ जना छन् । रौतहटका दुई , दैलेखका एक जना र सोलुखुम्बुका २० रहेका छन् ।स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय अनुशासन समिति संयोजक भिष्मराज आङदेम्बेले जानकारी दिए ।उनीहरुलाई कांग्रेसको विधान २०१७ को धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएको उनले बताए
Advertisement