‘हरिहरनाथ-मुक्तिनाथ सांस्कृतिक यात्रा’ चैत्र १६ गतेबाट
प्रकाशित मिति : २०७४, २ चैत्र शुक्रबार १३:४८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाण्डौ, २ चैत्र । नेपाल र भारतका धार्मिकस्थलहरुलाई पर्यटन विकासमा जोडने उद्देश्यका साथ आयोजना गरिएको यो बर्षको ‘हरिहरनाथ -मुक्तिनाथ सांस्कृतिक यात्रा’ आगामी चैत्र १६ गतेबाट सुरु हुने भएको छ ।
तीर्थयात्राबाट धार्मिक पर्यटनको विकासमा टेवा पुर्याउने उद्धेश्यले भारतको हरिहरनाथबाट २०६८ साल देखि यो यात्रा प्रत्येक बर्ष अयोजना हुदै आएको छ ।
Advertisement
परापुर्वकालमा भारतको हरिहरनाथदेखि नेपालको मुक्तिनाथसम्म साधुसन्तहरुको निकै आवतजावत हुने गरेको इतिहास छ । परापूर्व कालमा पवित्र गंगा नदीको संगमस्थल भारतस्थित हरिहर क्षेत्रबाट गंगाको उद्गमस्थल नेपालको मुक्तिनाथ क्षेत्रसम्म नदीको किनारै- किनार तिर्थ यात्रा हुने गरेकोले यसको एतिहासिक महत्व रहदै आएको छ । त्यसैको निरन्तरताका रुपमा नयाँ पुस्ताले ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को आयोजना गर्दै आएको छ।
यात्रामा चवन्य ऋषिको आश्रम, बाबा सोमेश्वरनाथ, वाल्मिकी आश्रम, गज ग्राहयुद्धको साक्षी त्रिवेणी धाम, देवघाट तथा अन्नपुर्ण क्षेत्र लगायतका थुप्रै हिन्दू आस्थाका केन्द्रहरु यस यात्राका महत्वपुर्ण गन्तव्य हुने गरेका छन ।
परापुर्वकालदेखि थालनी गरिएको यस यात्राको आफनै महत्व छ । ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’ भारतको सोनपुरबाट मुक्तिनाथसम्म नारायणीको संगमबाट उद्गमसम्मको देव तिर्थयात्रा हो ।यसको चर्चा १८ महापुराणहरुमध्ये ५ वटामा पाईन्छ । हरिहरक्षेत्र धर्म दृष्टिबाट मान्य ७ तिर्थ क्षेत्रहरुमध्ये एक मुक्तिक्षेत्र १०८ दिव्य क्षेत्रहरुमध्ये प्रमुख हो । हिन्दू धर्मको मान्य परम्परा अनुसार चारधामको पुर्णता पनि यस यात्रा पश्चात नै सार्थक हुने मान्यता छ ।
यात्रामा भारत तथा नेपालका विभिन्न शक्तिपीठका दजैनौं पीठाधीश, सन्तमहन्त, समाजसेवी र सर्वसाधारणको समेत उल्लेखनिय सहभागिता रहदै आएको छ ।
चैत्र १६ गते भारतको गयामा विशेष महाआरती गरेर ‘हरिहरनाथ – मुक्तिनाथ सांस्कृतिक यात्रा’को शुभारम्भ गरिने आयोजक संस्था धर्म जागरण समन्वय समितिका सहसचिव अनुप सिंहले बताए ।
यस्तो छ यात्रा तालिका
पहिलो यात्रा टोली चैत्र १७ गते विहारको जहानावाद, पटना र सोनपुर हुदै नेपाल प्रवेश गर्नेछ । टोली नेपालको बेलटारी, सुरजपुरा, महेशपुर, कावासोती हुदै नारायणघाट पुग्ने छ ।
यसैगरी दोश्रो यात्रा टोली विहारको बैरगनीया हुदै नेपालको चन्द्रनिगाहपुर पथलैया, हेटौडा हुदै नारायणघाट पुग्नेछ ।
चैत्र २१ गते नारायणघाटमा यी दुबै टोलीको भेट भएपछि यात्रा देवघाट हुदै पोखरा पुग्नेछ र चैत्र २२ गते बेनी, तातोपानी हुदै लेते र २३ चैत्रमा जोमसोम हुदै मुक्तिनाथको दर्शन सम्पन्न गरेर यात्रा टोली फर्किने छ ।