झोलुङ्गे पुल बन्दा आवतजावतमा सहज भयो
प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार ०८:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नवलपरासी, १४ चैत्र। पूर्वी नवलपरासीको केरुङ्गे खोलामा झोलुङ्गे पुल बनेपछि पहाडी भेगका स्थानीयवासीलाई सदरमुकाम आवतजावतमा सहज भएको छ ।
Advertisement
हुप्सेकोट गाउँंपालिका र कावासोती नगरपालिका जोड्ने खोलामा चार वर्ष लगाएर पुल निर्माण भएपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता हटेको छ ।
प्रशासनिक काम, किनमेल र उपचारका लागि कावासोती आउनुपर्ने पहाडी भेगका स्थानीयवासीले आधा घण्टाको दूरीका लागि वर्षायाममा पहाडी भेगका स्थानीयवासीले डेढ घण्टा खर्चनु पर्ने अवस्था थियो ।
पुल बनेपछि उच्च शिक्षाका लागि बजार आउन र अन्य प्रशासनिक कामका लागिसमेत सहज भएको हुप्सेकोट–४ का टेकबहादुर मगरले जानकारी दिनुभयो ।
पुल नहुँदा वर्षायाममा बजारसँग पहाडी भेगको सम्पर्क नै टुट्ने गथ्र्याे । स्थानीय विकास मन्त्रालयअन्तर्गत कृषि सडक आयोजनाको रु ८५ लाखको लागतमा पुल निर्माण भएको हो ।