गण्डकी प्रदेशमा रहेका समाचारहरु

त्रिशुली नदीमा महिला र बालकको शव भेटियो

चितवन । त्रिशुली नदीमा दुई जनाको शब फेला परेको छ। तनहुँको देवघाट गाउँपालिका ५ भुवनटारबाट बग्ने  त्रिशूली नदीमा एक महिला र बालकको शव फेला परेको छ ।  त्रिशूली नदी किनारमा  अन्दाजी २५/२६ वर्षीया महिला र छ/सात वर्षको बालकको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। मृत फेला परेका महिला र बालकहरु को हुन् ?उनिहरुकि  नाम र ठेगाना खुल्न सकेको छैन । नदी किनारमा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।...

३१ लाख लाग्ने एमबीबीएसमा ८० लाख सम्म असुल्छन् मेडिकल कलेज

काठमाडौं । मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत...

छात्रको दाँत नै झर्ने गरि कुटेे प्रधानाध्यापकले

बाग्लुङ । बिद्यालयका प्रधानाध्यापकको कुटाइले  एक जना छात्रको दाँत नै झरेको छ।बागलुङ नगरपालिका १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्षीय कुशल पौडेलको  दाँत नै  झरेको हो। कुटाइका कारण कुशलको अगाडिको माथिल्लो दाँत खसेको उनका बाबु प्रेमप्रसाद शर्मा पौडेलले जानकारी दिए। अतिरिक्त गणित विषय पढाउने गौतमले कुशलले नजानेको निहुँमा बेहोस नहुन्जेलसम्म कुटपिट गरेको शर्माले बताए। ...

छोराछोरी सगै नारायणी नदीमा हाम फालेकी आमाको उद्दार, छोराछोरीको मृत्यु

पुर्बी नवलपरासी । नारायणी नदीमा हामफाल्दा दुुुईजना बालबालिकाको मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका ७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा हामफाल्दा पाल्हिनन्दन गाउँपालिका ५ बस्ने सुधा विश्वकर्माका छोरा साढे दुई वर्षीय अभिनाथ विश्वकर्मा र डेढ महिनाकी छोरी निकिता विश्वकर्माको मृत्यु भएको हो। आमा २४ वर्षीय सुधा विश्वकर्मालाई भने स्थानीयवासीले उद्धार गरेका छन्। प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए। आमा स्वयंले दुवै बच्चा साथमा लिएर नारायणी...

ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो

काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार  ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

पहिरोले पुरिएर एक जनाको मृत्यु,दुईजना बेपत्ता

पोखरा । पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ। पहिरोमा परि अन्य दुईजना बेपत्ता भएका छन् ।बागलुङको तमानखोला गाउँपालिका ४ लाम्मेलामा पहिरोले घर पुरिँदा १ जनाको मृत्यु भएको छ । अन्य २ जना हराइरहेका छन् । अविरल वर्षापछि गएराति आएको पहिरोले घर पुरिँदा ४५ वर्षीया पञ्चकुमारी श्रीपालीको मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय, बागलुङले दिएको जानकारी अनुसार, पहिरोमा परी २ जना हराइरहेका छन् । पहिरोमा लाम्मेलाकी असारी श्रीपाली र उनका...

मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने

काठमाडौं । मंसिरभित्र  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...

एक्कासी पहाड भासिएर एक्साभेटर र चालक पुरिए

गोरखा । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि  एक्साभेटर र चालक पुरिएका छन् ।जिल्लाको सिरानचोक गाउँपालिका १ केराबारीमा उक्त घटना हुुुँदा एक्साभेटर र चालक पुरिएका हुन् । एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका १३ का अन्दाजी २० बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ।पहाडको ‘पहरो धेरै नै भासिएको छ,’ जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार, ‘सडक भन्दा करिव ४० मिटर तल एक्साभेटर र चालक पुरिएको थियो। प्रहरी र स्थानीयको पहलमा उद्धार कार्य जारी रहेको...

एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट बाकसमा फर्किए

काठमाडौं ।एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट काठको बाकसमा फर्किएका छन् ।गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका झलक श्रेष्ठले...