बाँके सिडीओमा कुमार बहादुर खड्का, मदन भुजेलको मोरङ सरुवा
प्रकाशित मिति : २०७६, १२ भाद्र बिहीबार १७:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले बाँके,काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो ।
Advertisement
बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी( सिडीओ) मदन भुजेलको मोरङमा सरुवा भएको छ भने बाँकेमा कुमार बहादुर खड्काको सरुवा भएको छ। खड्कालाई अध्यागमन कार्यालयबाट बाँके सरुवा गरिएको हो।गृहका महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ।
दीर्घनरायण पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुखमा सरुवा गरिएको छ। नख्खु कारागारमा सुरेन्द्र पौडेलको सरुवा भएको छ।
सुनसरीमा राजेश पौडेल, बारामा फडिन्द्रमणि पोखरेल, झापामा उदयबहादुर राना, इलाममा सीताराम कार्की, धादिङमा आशमान तामाङ, सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का, मुस्ताङमा वेदप्रसाद अर्याल, जाजरकोटमा जनकराज पन्त, रुकुमपूर्व मोहनप्रसाद अर्याल, बझाङमा उमेश पाण्डे, पाल्पामा उमेश ढकालको सरुवा भएको छ।
डा कृष्णबहादुर घिमिरे धनकुटा, सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिनालाई काभ्रेको कायममुकायम सिडिओको जिम्मेवारी दिइएको गृहले जनायो।