बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी
प्रकाशित मिति : २०७४, २० बैशाख बुधबार १०:२९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
पोखरा । पोखरा विमानस्थलको निर्माण अझै सुरु भएको छैन । तर, बुद्ध एयरले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकिएँसगै अन्तर्राष्ट्रिय उडान भर्ने योजना तयार गरेको छ । अहिलेसम्म आन्तरिक उडानमा केन्द्रित रहेको बुद्धले पोखराबाट अन्तर्राष्ट्रिय उडान थाल्ने तयारी गरेको हो ।
Advertisement
बुद्धले पोखराबाट सुरुवातमै ३ वटा बोइङमार्फत उडान गर्ने योजना बनाएको छ । बुद्ध एयरका प्रवन्ध निर्देशक बिरेन्द्रबहादुर बस्नेतले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुँदासम्म बुद्धका ३ वटा बोइङ पनि आइसक्ने बताए । उनले यसका लागि हवाइजहाज निर्माता कम्पनी बोइङसँग छलफल अघि बढेको बताए ।
‘हामी काठमाडौंबाट अन्तर्राष्ट्रिय उडान भर्ने पक्षमा छैनौं । पोखरा विमानस्थल जति छिटो बन्छ हामी पनि त्यति नै छिटो अन्तर्राष्ट्रिय उडान थाल्छौं’ बस्नेतले भने ।
बोइङसँग परामर्श
कम्पनीले बोइङसँग विमान किन्नेबारे परामर्श सुरु गरिसकेको छ । बुद्धले पोखराको भौगोलिक अवस्थिति एरपोर्टको क्षमताअनुसार त्यहाँबाट कस्तो विमान अन्तर्राष्ट्रिय उडानका लागि उपयुक्त हुन्छ भन्नेबारे अध्ययन गर्न बोइङलाई अनुरोध गरिसकेको छ । अब केही समयमै कम्पनीका प्राविधिकले आएर त्यसबारे अध्ययन गरेर रिपोेर्ट दिने बस्नेतले बताए ।
‘सम्भवतः पोखरामा ठूला विमान अवतरण गर्न सक्दैनन् । त्यसैले हामी न्यरोबडीबाटै अन्तर्राष्ट्रिय सेवा थाल्नेछौं’, उनले भने । बुद्धले अन्तर्राष्ट्रिय उडानका लागि कति लगानी गर्ने, कस्तो विमान किन्ने भन्ने विषयकै आधारमा तय हुने बताएको छ ।
पोखरा नै नेपालको सबैभन्दा बढी पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले अन्तर्राष्ट्रिय उडान पनि त्यहीँबाट मात्रै गर्ने बस्नेतले बताए ।
ट्रान्जिट हबमा उडानको योजना
‘पोखराको विमानस्थलमा ठूला विमानहरु जान सक्दैनन् । त्यसैले विभिन्न अन्तर्राष्ट्रिय ट्रान्जिटहरुसँग हाम्रो उडान जोडिन्छ’ उनले भने, ‘विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरुसँग हाम्रो सहकार्य हुनेछ । उनीहरुले ट्रान्जिटसम्म ल्याएका यात्रुलाई बुद्धले पोखरा ल्याउँछ ।’
बुद्धले दुबई, बैंकक, सिंगापुर, टर्की, हङकङ, सिंगापुर, दोहा, दिल्ली, मुम्बई लगायतका नेपालका इन्टरनेशनल एयर ट्रान्जिट हबलाई केन्द्रित गरेर उडान भने एयोजना बनाएको छ ।
‘पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि त्यहाँको टुरिष्ट मुभमेन्ट अझ बढ्छ । त्यसैले विश्वस्तरीय एयरलाइन्ससँग हाम्रो कार्ट सेयररिङ हुन्छ । हामी ट्रान्जिट हबबाट विदेशी पर्यटकलाई सीधा पोखरामा ल्याउछौं’ बस्नेतले भने ।
विमानस्थलको निर्माण अघि बढ्नासाथ बुद्धले पोखरामा ह्यांगर र कार्यालय निर्माणका लागि काम थाल्ने बताएको छ ।
‘हामीलाई पोखराको पर्यटकीय महत्व र त्यहाँको सम्भावनाबारे राम्रो जानकारी छ । धेरै पर्यटक भित्र्याउनका लागि पोखरा जति अन्य क्षेत्र समर्थ छैनन्’, बस्नेतले भने,’हामीले त्यसैलाई ध्यानमा राखेर पोखरालाई नै केन्दि्रत गरर अन्तर्राष्ट्रिय उडान थाल्न लागेका हौं ।’