गुल्मीस्तिथ रेसुंगा विमानस्थल निर्माण अन्तिम चरणमा
प्रकाशित मिति : २०७४, १० बैशाख आईतवार १२:३२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
निर्माण कार्य भैरहेको सिमिचौरस्थित रेसुङ्गा बिमानस्थल । तस्वीरः अनिल खत्री/गुल्मी
तम्घास । गुल्मीमा झण्डै १० वर्ष अघिदेखि निर्माण कार्य शुरु गरिएको रेसुंगा विमानस्थल निर्माण अन्तिम चरण पुग्न थालेको छ । २०६३ देखि विमानस्थल निर्माण सुरु गरिए पनि काम ढिलो भएको थियो । पछिल्लो समय विमानस्थल निर्माणले गति लिएपछि दशैंसम्म धुले उडान गर्न सकिने रेसुंगा विमानस्थल निर्माण समितिको विश्वास छ ।
Advertisement
‘विमानस्थल निर्माण कार्य अन्तिम चरण पुग्न थालेसँगै गुल्मेलीहरुको जहाज चढ्ने सपना पूरा हुने आशा पलाएको छ,’ रेसुंगा विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले भने ।
सुनील समीर निर्माण सेवाले विमानस्थल निर्माणको काम गरिरहेको छ । सम्झौताभन्दा अगाडि नै काम सक्ने लक्ष्यसहित काम भइरहेको निर्माण सेवाका नारायण पोख्रेलले बताए । ‘सम्झौता मंसिरसम्मको भए पनि बीचमा कुनै अवरोध नआए असार अगाडि नै काम सक्ने गरी काम भइरहेको छ,’ पोख्रेलले भने ।
अहिले ग्याबिन र वास आउटिङको काम बाँकी रहेको पोख्रेलले बताए । ‘समयमै बजेट विनियोजन भए बाँकी काम सकेर विमानस्थलबाट आउने दशैंमा धुले उडान गर्न सकिन्छ,’ उनले भने ।
बिमानस्थलको ६ सय १० मिटर धावन मार्ग र ३० मिटर चौडाई रहेको छ ।
विमानस्थल निर्माणका लागि सिमीचौर थालेमालेका केही घरपरिवारलाई अन्यत्रै सारिएको छ । कुल जमिन ७८ रोपनी १० आना क्षेत्रफलमध्ये ५६ रोपनी सार्वजनिक जग्गा छ । त्यसमध्ये २२ रोपनी १० आना जग्गामा भएका ४६ घरधुरीलाई मुआब्जा दिएर अन्यत्र सारिएको विमानस्थल निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए ।
केही समय मुआब्जा विषयमा विवाद भएपछि निर्माण कार्य रोकिएको थियो । दलहरु र प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको मुआब्जा समितिले सम्पत्तिको मूल्यांकनका आधारमा मुआब्जा वितरण गरेपछि विवाद सुल्झिएको थियो । बिमानस्थल निर्माणको क्रममा अहिलेसम्म ५ हजारदेखि १७ लाखसम्म मुआब्जा वितरण गरिएको समितिका अध्यक्ष पन्तको भनाइ छ । कुल ४६ घरपरिवारलाई अहिलेसम्म करिब ८५ लाख मुआब्जा वितरण भइसकेको पन्तले बताए ।