ईश्वर पोखरेल भन्छन्ः संशोधन प्रस्ताव मतदान प्रक्रियासम्म पुग्नै दिदैनौं
प्रकाशित मिति : २०७३, ११ माघ मंगलवार ११:०८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कास्की,११ माघ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले संविधान संशोधन राष्ट्रिय हितविपरीत भएकाले संशोधन प्रस्तावलाई एमालेले मतदान प्रक्रियामै लैजान नदिने दृढता व्यक्त गरेका छन् ।
Advertisement
प्रेस चौतारी नेपाल कास्कीले आज बिहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले सीमाङ्कन हेरफेर प्रस्तावलाई फिर्ता लिएर अरु प्रस्तावलाई मतदानको प्रक्रियामा लैजान सरकारलाई चुनौती दिँदै राष्ट्रिय भाषालाई बेवास्ता गरी हिन्दी भाषालाई कालान्तरमा कामकाजको भाषाको रुपमा प्रयोग गर्न खोजिएकोमा आपत्ति प्रकट गरे ।
हिजो संविधान च्यात्छौँ, जलाउँछाैं र मान्दै मान्दैनाैं भन्नेहरु पनि अहिले मत्थर हुँदै गएको चर्चा गर्दै उनले राष्ट्रियताप्रति अडिग रहन सबै देशभक्त नेपालीप्रति आग्रह गरे ।