बालिका बलात्कारका आरोपीलाई थुनामुक्त गर्न आदेश दिने न्यायाधीश श्रेष्ठ परे छानविनमा
प्रकाशित मिति : २०७६, ३० बैशाख सोमबार २१:१८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । बालिका बलात्कारका आरोपीलाई थुनामुक्त गर्न आदेश दिने कास्की जिल्लाका न्यायाधीश लालकाजी श्रेष्ठमाथि न्यायपरिषदले छानविन गर्ने भएको छ ।
Advertisement
उनीविरुद्ध परिषद्मा उजुरी गरेको छ । प्रारम्भिक अध्ययनबाट न्यायाधीशको बद्नियत देखिएको परिषद स्रोतले जनाएको छ ।न्यायाधीश श्रेष्ठको ४ वैशाखमा १६ वर्षीया किशोरी पोखरा असी ९प्रहरीले अदालतमा पेश गरेको परिवर्तित नाम० लाई बलात्कार गरेको अभियोग लागेका सुन्दर कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
फैसलामा विभिन्न तथ्य प्रमाण र बयानका आधारमा अभियुक्त सुन्दरकुमार श्रेष्ठ कसुदार होइनन् भन्न सकिने अवस्था नदेखिएको जनाएका छन् । तर, पछि प्रमाण बुझ्दैजाँदा ठहरेबमोजिम हुने भन्दै हाललाई मुलुकी फौजदारी कर्यविधी ऐन २०७४ को दफा ६८ अनुसार धरौटी लिई तारखेमा रिहा गर्न आदेश दिएका छन् ।
अदालतको अदेशपछि श्रेष्ठ थुनामुक्त भइसकेका छन् भने बलात्कृत किशोरी न्याय माग्दै न्यापरिषदसम्म पुगेकी छन् । स्रोतका अनुसार बलात्कार जस्तो संवेनदशील मुद्दामा तथ्य प्रमाण समेतले अभियुक्त देखिँदा पनि रिहा गरिनु युक्तिसंगत नदेखिएको भन्दै यो विषय प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई पनि जानकारी गराइएको छ ।न्यायाधीश श्रेष्ठ यसअघि पनि दोलखामा हुँदा विवादमा परेपछि न्यायपरिषदमा तानिएका थिए ।
अनलाइनखबरबाट।