जन्तीको मृत्यु पछि प्रहरी कार्यालयमा ढुङ्गामुढा
प्रकाशित मिति : २०७६, १९ बैशाख बिहीबार १५:४९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
फाइल फोटो
एक जना जन्तीको मृत्यु पछि प्रहरी कार्यालयमा ढुङ्गामुढा भएको छ।बिवाहमा जन्ती आएका युवकको कुटपीटमा मृत्यु भएपछि लम्जुङको राइनास नगरपालिका–४ अल्काटारका वासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।
Advertisement
अल्काटारबाट जन्ती आएका विष्णुबहादुर कुमालको स्थानीयको कुटपीटका कारण मृत्यु भएपछि अल्काटारबासीले प्रहरी कार्यालयमा ढुंगामुढा गरेका हुन् ।पीडित पक्षले उचित क्षतिपूर्तिको माग गर्दै दोषीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । करिव दुई सय जनाको संख्यामा आएका अल्काटारका स्थानीयले बिहीवार इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका हुन् ।
ढुङ्गामुढा प्रहारबाट केही प्रहरी घाइतेसमेत भएका छन् । भीड नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रु ग्यास प्रहार गरेको छ । घटनास्थलमा जिल्लाबाट थप प्रहरी टोली खटिएका छन् ।
केटी जिस्क्याएको भन्दै लम्जुङबाट आएको जन्ती पक्षलाई बुधबार गोरखाको पालुङटार नगरपालिका(४ कुमाल गाउँका बेहुली पक्षले कुटपिट गर्दा ३४ वर्षीय बिष्णुबहादुर कुमालको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएको आशंकामा १२ जनालाई पक्राउ गरिएको एसपी भोला रावलले बताए । अनलाइनखबर बाट।