आठौं राष्ट्रिय खेलकुद: राष्ट्रपतिद्वारा नेपालगन्जमा भव्य रुपले उद्घाटन
प्रकाशित मिति : २०७६, ५ बैशाख बिहीबार २३:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो ।
Advertisement
प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलसहित राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट लगायत अन्य पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा राखेप सदस्य सचिव केशब कुमार विष्टले आफ्नो कार्यकालमा लगातार दुई पटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न सफल भएकोमा गौरवान्वित भएको बताए ।