कर्णाली प्रदेशमा रहेका समाचारहरु
नेपालगन्ज । देशभरीकाे मौसम विहानैदेखि बदली भएको छ। पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले आज र भाेलि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ। आइतबारदेखि भने मौसममा केहि सुधार हुने अनुमान छ। आज तराई र पश्चिमी पहाडका थोरै...
नेपालगन्ज ।नेपाल बार एशोसिएसनको नयाँ नेतृत्व चयनका लागि आज देशैभरी निर्वाचन हुँदैछ । लोकतान्त्रिक र प्रगतिशील समूहका कानुन व्यवसायीहरु प्यानलसहित निर्वाचनमा होमिएका छन् । अहिले सम्म नेपालगन्जमा १०० जनाले मतदान गरिसकेका छन् भने मतदान आज साझ ४ बजे सम्म रहने उच्च अदालत बार एशोशियशन नेपालगन्जका निबर्तमान अध्यक्ष बल बहादुर चन्दले बताउनु भयो। नेपालगन्जमा प्रदेश ५ सभा सदस्य एबम अधिवक्ता सुरेन्द्र बहादुर हमालले मतदान गरेको चन्दले बताउनु भयो।त्य्स्तै नेपालगन्ज अधिवक्ता...
काठमाडौं ।संघीयता कार्यान्वयनको महत्वपूर्ण पाटो मानिएको र लामो समय विवादमा अल्झिएको कर्मचारी समायोजन लगभग टुंगिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा गरी बिहीबारसम्म एक लाख कर्मचारीको समायोजन सकिने जनाएको छ ।बुधबारसम्म निजामतीतर्फ साढे ६० हजार र स्थानीय सेवातर्फ ११ हजारभन्दा बढी कर्मचारीको समायोजन भएकोमा बिहीबारसम्म स्वास्थ्य सेवातर्फका २८ हजारको समायोजन पनि सकिने मन्त्रालयका अधिकारीले बताए । समायोजन हुने यी सबै कर्मचारीको संख्या एक लाख...
नेपालगन्ज ।नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले फेरि नेपाल बन्दको आह्वान गरेको छ । महासचिव ‘विप्लव’ले जारी गरेको विज्ञप्तिमा चैत १६ गते नेपाल बन्द आह्वान गरिएको छ ।विज्ञप्तिमार्फत १३ गते देशभर चोक जुलुस, १४ गते देशभर कोणसभा, १५ गते मसाल जुलुस, १६ गते नेपाल बन्द, १९ गते अन्तरक्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन र २४ गते देशव्यापी जनसभा र...
दाङ। दाङ र सल्यानमा विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता धमाधम पक्राउ परेका छन् । रोल्पाको सुनछाहारी गाउँपालिका निवासी १९ बर्षीय पुन मगरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दाङ जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डेले शनिवार दिउँसो तुलसीपुर उपमहानगरपालिका वडा नं ३ दमारगाउँबाट पुनलाई पक्राउ गरिएको जानकारी दिएका छन् । प्रहरीका अनुसार पुन जानसाँस्कृतिक परिवारसंग आवद्ध रहेको भन्ने खुल्न आएको छ । प्रहरीले पक्राउ गरेका पुन विरुद्ध सार्वजनिक शान्ति...
नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा तामेलीमा राखिदिने भन्दै घुस लिने आयोगमै कार्यरत असईविरुद्ध भ्रष्टाचार मुद्दा दायर रगेको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक जन्म अधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ परेका उनले आयोगमा विचाराधीन रहेको सेवाग्राहीविरुद्ध बाटो ग्रावेल गर्दा अनियमितता गरेको सम्बन्धमा परेको उजुरी कारबाही सहजीकरण गरिदिने भनी घुसल लिएका अख्तियारको दावी...
काठमाडौं । कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ। प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो। उद्घाटनको खर्च विवरण उपलब्ध गराउन भन्दै अख्तियारले प्रदेश सरकार र मातहतका मन्त्रालयलाई पत्र काटेको छ। प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो। उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक...
काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चन्दासँगै राजीनामा मागेर धम्क्याएपछि दैलेखका जनप्रतिनिधिले प्रहरी गुहारेका छन् । पत्रमार्फत सुरुमा जनप्रनिधिसँग चन्दा र राजीनामा मागेका विप्लवका कार्यकर्ताले टेलिफोनमार्फत दबाव बढाउन थालेपछि दैलेखका स्थानीय सरकार प्रमुखहरुले कर्णाली प्रदेशका प्रहरी प्रमुख महेशविक्रम शाहलाई भेटेरै सुरक्षा मागेका हुन् । कर्णाली प्रदेशका प्रहरी प्रमुख शाहले दैलेखका स्थानीय सरकारका प्रमुख सुरक्षाको प्रत्याभूति खोज्दै आफूकहाँ आइपुगेको बताउनुभयो । देश समृद्धितर्फ अघि बढिरहेका बेला विप्लव समूहले विस्फोट तथा व्यक्ति...
नेपालगन्ज । आज महाशिवरात्रि पर्व मनाइदै छ ।महाशिवरात्रिमा आज शिवको पूजा आराधना गरी बाँके लगायत देशभर मनाइँदैछ । महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र...
नेपालगञ्ज । डाक्टरहरुको आन्दोलनका कारण सरकारी अस्पतालहरुको सेवा ठप्प भएको छ । डाक्टरहरु नै आन्दोलमा उत्रिएपछि बिरामीहरु स्वास्थ्य सेवा पाउनबाट बञ्चित भएका छन् । स्वास्थ्य सेवा नपाउँदा अस्पताल पुगेका विरामीहरु मर्कामा परेका छन् । नेपालगञ्जको भेरी प्रादेशिक अस्पतालमा पनि आजदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको छ । देशभरका सरकारी डाक्टरले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बहिस्कार गरेपछि बिरामीको उपचार प्रभावित भएको हो । कर्मचारी समायोजन विधेयकमा आफूलाई अन्याय गरेको...