बबईदेखि भेरीसम्म सुरुङ खनेर सकियो, प्रधानमन्त्रीद्वारा ‘ब्रेक थ्रू’
प्रकाशित मिति : २०७६, ३ बैशाख मंगलवार १६:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य आज सकिएको घोषणा गरिएको छ । भेरीगंगा नगरपालिका–११ को चिप्लेमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्विच थिचेर ‘ब्रेक थ्रु’ गर्नुभएको हो । बबई नदीको किनार हात्तीखालबाट १२ किलोमिटर २१० मिटर चुरे पर्वत छिचोल्दै मेसिन भेरी किनारको चिप्लेमा पुगेको छ ।
Advertisement
प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानीलाई सुरुङ मार्फत् बबई नदीमा खसालेर विद्युत् उत्पादन गर्ने र बाँके र बर्दियाको ५१ हजार हेक्टर क्षेत्रफल जमीनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आयोजना सुरु भएको हो । कार्यक्रममा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोख्रेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही, उर्जा मन्त्री वर्षमान पुन लगायतको उपस्थिति रहेको थियो । सुरुङ खन्ने चुनौतीपूर्ण काम सकिए पनि आयोजनामा अन्य पूर्वाधारको काम भने बाँकि नै छन् ।
विद्युत् उत्पादनदेखि सिँचाइका लागि पानी खसाल्ने ब्यारेज निर्माणको काम बल्ल सुरू हुँदैछ । प्रभावित क्षेत्रका बासिन्दाले पूर्वाधार विकास, मुआब्जा वितरण, रोजगारी जस्ता कार्यक्रमको प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।