“नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार”
प्रकाशित मिति : २०७५, १३ माघ आईतवार १९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत : प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन् ।
Advertisement
वीरेन्द्रनगरमा नेपाल तरुण दलद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले जनवर्गीय संगठन तथा पार्टीको सर्मथन भएको खण्डमा आफूहरू सडकबाटै सरकार फाल्न सक्ने बताए ।
‘सरकारले हाम्रा नेताहरूको इतिहास मेट्न लागेको छ,’ उनले भने, ‘नेताको इतिहास मेटाउन खोज्ने कम्युनिस्ट सरकारविरुद्ध बलिदान दिन तरुण तयार छन् ।’
सुशील कोइरालाले बनाएको संविधानका धारा च्यातिन लागेको उनको आरोप छ । ‘अहिले सुशील कोइरालाले बनाएको संविधानको कम्युनिस्टहरूले धारा च्यातिरहेका छन्,’ उनले भने, ‘यसरी संविधानविरुद्ध जाने नै हो भने तरुण दल शीरमा कफन बाँधेर भएपनि आन्दोलनमा होमिन्छ । कम्युनिस्टसँगको यो अन्तिम लडाइँ पनि हो ।’
उनले कम्युनिस्ट सरकारले भ्रष्टाचार र महंगी मात्रै दिएको आरोप लगाए । ‘कम्युनिस्ट सरकारले अहिलेसम्म के दियो ?’ उनले भने, ‘दिएको छ त महंगी अनि भ्रष्टाचार ! त्यसविरुद्ध सबै तरुण जाग्नुपर्छ ।’
तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले सरकारका गलत कार्यविरुद्ध जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको बताए । ‘केन्द्रका साथीहरू ढुक्क हुनुस् । हामी सरकारविरुद्ध जस्तोसुकै आन्दोलन गर्न र साथ दिन तयार छौं,’ उनले भने, ‘लोकतन्त्रको रक्षाका लागि बलिदान दिन पनि तयार छौं ।’