कर्णाली प्रदेशमा रहेका समाचारहरु

सातवटै प्रदेशमा ट्राफिक कार्यालय अनिबार्य

काठमाण्डौ,१ असोज। नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी कार्यालयलाई प्रदेश प्रहरी कार्यालयका रुपमा रुपान्तरण गरेको हो भने प्रदेश नं ३ को चितवन र प्रदेश नं ४ को तनहुँमा भने नयाँ कार्यालय स्थापना गरेको हो । मादक पदार्थ सेवन गरेर जथाभावी सवारी चलाउने, क्षमताभन्दा धेरै यात्रु राख्ने, सिटबेल्ट नलगाई चलाएमा कारवाही गर्ने, तोकिएको...

खोलाले बगाउँदा सल्यानमा २ बालबालिकाको मृत्यु

सल्यान, ३१ भदौ  । सल्यानमा खोलाले बगाउँदा दुई जना बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ बुर्तिबाङ निवासी पूर्णिमा केसीकी ६ वर्षीया छोरी रेखा केसी र दुई वर्षीय छोरा मोहन केसीको हिजो बेलुका ६ बजे खोलाले बगाउँदा मृत्यु भएको हो । तीज मनाउन रुकुम माइतीबाट घर फर्किँदै गर्दा स्थानीय दार्मा खोलाले तीनै जनालाई बगाए पनि आमा भने बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय रागेचौरले जनाएको छ । खोलाले बगाएपछि...

ऋषि पञ्चमी हिन्दू नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदै

नेपालगन्ज,२९ भदौ। भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरूले सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्। महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । रजस्वलाका समयमा छाइछुइलगायत कुनै त्रुटि भए आज ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । नारीलाई रजस्वलाको तीन दिनसम्म छुन नहुने तथा...

चौरजहारी नगरपालिकामा गत असारयता तीन करोड बढिको क्षति

रुकुम पश्चिम, २८ भदौ । चौरजहारी नगरपालिकामा गत असारयता बाढी, पहिरो र भू–क्षयबाट रु तीन करोड ६९ लाख ६३ हजार राबरको क्षति भएको छ । नगरपालिकाका १४ वटै वडामा वर्षाले क्षति पु¥याएको छ। बाढी र पहिरोले घर तथा अन्न बालीमा क्षति पुगेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रदीप सुनारका अनुसार बाढीबाट नगरपालिकाका १० परिवार घरबारविहीन भएका छन् भने २७ घरमा आंशिक क्षति पुगेको छ । सत्ताइस परिवारको अन्नबालीसहितको खेतबारी...

मुसीकोट–रुकुमकोट खण्ड पुनः सञ्चालन

रुकुम , २७ भदौ । वर्खा लागेसँगै विभिन्न ठाउँमा पहिरो झर्दा रुकुम पश्चिममा अवरुद्ध मध्यपहाडी लोकमार्गको मुसीकोट–रुकुमकोट खण्ड मर्मत पछि सञ्चालनमा भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका– ६ का विभिन्न स्थानमा झरेको पहिरो र हिलाम्मे सडक सफा गरेपछि रुकुम(पश्चिम)को मुसीकोट र रुकुम पूर्वको रुकुमकोट जोड्ने सडकखण्ड आजदेखि सुचारु भएको हो । केही दिनदेखि वर्षा हुने क्रम रोकिएपछि सिस्ने गाउँपालिकाको पहलमा गाउँपालिकाको डोजर र टिपर तथा मध्यपहाडी लोकमार्ग निर्माणको जिम्मा पाएको...

प्रधानमन्त्रीद्वारा हरितालिका तीजको अवसरमा शुभकामना व्यक्त

काठमाडौँ, २७ भदौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश दिनुहँुदै तीज पर्वले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिलोस् भन्नुभयो । नेपालजस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने प्रधानमन्त्रीको शुभकामना सन्देशमा उल्लेख छ । तीज पर्वलाई समयानुसार परिस्कृत गरे पनि यसको मौलिकतालाई कायम राख्नुपर्ने प्रधानमन्त्री ओलीले उल्लेख...

एक कल फोन गर्न अग्लो डाँडाको भरमा जाजरकोटबासी

जाजरकोट, २४ भदौ । जाजरकोटको पश्चिमी भेग र उत्तरी पूर्व क्षेत्रमा एक कल फोन गर्नको लागि घण्टाँै हिँडेर अग्लो डाँडामा जानुपर्ने बाध्यता रहेको छ ।  जिल्लाको छेडागाड नगरपालिका र जुनिचाँदे गाउँपालिका, कुशे गाउँपालिकाका स्थानीय फोन गर्न अग्लो डाँडाको साहारा लिन बाध्य भएको स्थानीय रेशमबहादुर खड्काले बताउनुभयो । अहिले भएका नेपाल टेलिकमका टावरले घाम लागेपछि मात्र काम गर्ने हुँदा अग्लो डाँडामा पुग्नु पर्ने बाध्यता रहेको छेडागाड नगरपालिका–१ का वडाध्यक्ष गणेशप्रसाद जैसीले जानकारी दिनुभयो ।...

सेनाद्वारा २०० जना सेकेन्ड लेफ्टिनेन्ट को दरखास्त आह्वान

काठमाण्डौ,२१ भदौ।नेपाली सेनामा सेकेन्ड लेफ्टिनेन्ट (सहायक सेनानी) पदमा भर्ना खुलेको छ।नेपाली सेनाले बिहीबार सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको हो। उक्त पदमा २०० जनाको दरखास्त आह्वान गरिएको छ। पछिल्ला केही वर्ष सेनाले १२० जनाको दरखास्त आह्वान गरिरहेको थियो। अधिकृत पदको धेरै नै आवश्यकता रहेकाले यसपालि संख्या बढाइएको जंगी अड्डाले जनाएको छ। सेनाले खुल्लातर्फ ११०, आदिवासीरजनजाति २९, मधेसी २५, महिला १८, दलित १४ र पिछडिएको वर्गबाट ४ जनाको दरखास्त मागेको छ। दरखास्तको मिति...

रुकुम पश्चिममा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्रमा

रुकुम पश्चिम ,२१ भदौ। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२ मा निर्माणाधीन पानढुङ्गा रङ्गशाला अलपत्र परेको छ । आर्थिक वर्ष ०७०÷७१ देखि शुरु गरिएको रङ्गशाला निर्माणका आव०७४÷७५ देखि बजेट रोकिएका कारण अलपत्र परेको हो । खेलकूद मन्त्रालयले भने सो कार्यका लागि स्थानीय तहमा रकम पठाइसकेको जनाएपनि स्थानीय तहले भने बजेट विनियोजन नगरेको र चालु आवमा पनि बजेट आउने कि नआउने भन्ने जानकारी नभएको जिल्ला खेलकूद विकास समितिले जनाएको छ । रङ्गशाला निर्माणका...

मुख्यमन्त्रीहरुको पहिलो भेला आज पोखरामा हुँदै

पोखरा, २१ भदौ । पोखरामा मुख्यमन्त्रीहरुको पहिलो भेला आज (बिहीबार) हुँदैछ । देश संघीयतामा गइसकेपछि प्रदेश–प्रदेशबीचको अन्तरक्रिया र समन्वयका लागि भेला बोलाइएको भेलामा सहभागी हुन मुख्यमन्त्रीहरू पोखरा आउने क्रम जारी छ‍ । बुधबारसम्म गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित १, २, ३ प्रदेशका मुख्यमन्त्रीहरू पोखरा पुगिसकेका छन् । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतका अनुसार प्रदेश सरकारहरुले कसरी काम गरिरहेछन् भन्ने बारे प्रदेश–प्रदेशबिचको सम्बन्ध सुमधुर बनाउन यो भेलाको आयोजना गरिएको हो । भेलाले प्रदेश सरकारहरूबीचको सहकार्यको...