कर्णाली प्रदेशमा रहेका समाचारहरु
जाजरकोट, २१ भदौ। मङ्गलबार राति पहिरोले कुलो भत्काउँदा डोल्पाको सदरमुकाम दुनै बजार अन्धकार भएको छ । स्थानीय जैरीगाड जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् सेवा पहिरोका कारण ठप्प भएपछि सदरमुकामवासी अन्धकारमा बस्न बाध्य भएका हुन् । जैरीगाड खोला नजिको पहिरोले नहरको कम्तिमा ४० मिटर भाग भत्काएको आयोजनाले जनाएको छ । भत्किएको नहर निर्माणका लागि क्षेत्रीय विद्युत् प्राधिकरणको प्राविधिक टोलीले प्लाष्टिकका पाइप राखेर पानी सञ्चालन गरिने र यसका लागि बोलपत्र आह्वान गर्नुपर्ने जनाएको...
काठमाडौं,२० भदौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ। नयाँ मूल्य अनुसार एक लिटर पेट्रोलको मूल्य ११२ रुपैयाँ पुगेको छ । यसैगरी एक लिटर डिजेल र मट्टितेललाई ९८ रुपैयाँ तिर्नुपर्ने भएको छ...
जाजरकोट,२० भदौ।दिनभरि सडकको ड्यूटी, साझ पालमुनिको टिनको कटे रो को बास ट्राफिक प्रहरीहरुको दै निकी नै हो । चिसोयाम देखि , गर्मीमा अनि वर्षाको समयमा किन नहोस टिनको कटेरो भित्र जाजरकोटका ट्राफिक प्रहरीले विताउँनु पर्छ । झट्ट हेर्दा डिउटीमा वस्ने सामान्य खालको जाँच कक्ष जस्तो देखिएपनि ४ जना ट्राफिक प्रहरी वस्ने ठाउँ हो त्यो । पानी चुहिदा पालमा ओत लगाएको पोष्ट टिनको कटेरो भित्र ट्राफिक प्रहरीको वास २०७० साल देखि हुँदै आएको छ...
काठमाडौं,१८ भदौ। सरकारले आन्दोलनरत डाक्टरहरुको माग संशोधन गर्न सहमत भएको छ । मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको विरोधमा आन्दोलनमा उत्रिएका डाक्टरहरुको माग अनुसार ऐन संशोधन गर्न स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले सहमति जनाउनु भएको हो । आन्दोलनरत चिकित्सक संघले वार्ता सकारात्मक भएको तर संशोधन प्रस्ताव संसदमा दर्ता भएपछिमात्र आन्दोलन फिर्ता लिने बताएको छ। ‘राज्यमन्त्रीले कानुन मन्त्रालयमार्फत् संशोधन विधेयक सदनमा दर्ता गर्छौं आन्दोलन फिर्ता लिनुस् भन्नुभयो,’ बैठकमा सहभागी संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भन्नुभयो,...
सुर्खेत, १८ भदौ । शनिबार पञ्चपुरी नगरपालिका–४ सुर्खेतकी आठ वर्षीया बालिका लक्ष्मी शाहीको सर्पको टोकाइबाट मृत्यु भयो । त्यस्तै गएको साउन महिनाको २२ गते पञ्चपुरी नगरपालिका– १० की १४ वर्षीय हरिकला उपाध्यायको सर्पकै टोकाइबाट मृत्यु भएको थियो । दुवैको मृत्यु बेलैमा उपचार नपाएकै कारण भयो । पञ्चपुरीमा अहिले सर्पदंश आतङ्क बढेको छ । यो आतङ्कबाट बाढीपीडित नै बढी आजित छन् । सर्पबाट टोकिएका दुवै बालिकाले ज्यान गुमाएपछि बाढीपीडितलगायत सबै स्थानीय...
काठमाडौ,१८ भदौ। अपराध संहिताका उपचारसँग सम्बन्धित केही बुँदा संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलित भएपछि आइतबार देशभरको स्वास्थ्य सेवा प्रभावित भए । चिकित्सकहरुले उपचार नगरी आइतबार राजधानीलगायत जिल्ला सदरमुकामहरुमा प्रदर्शन गरेका थिए ।संघले आज सोमबार समेत देशभरका स्वास्थय संस्थाको प्रशासनिक काम बन्द गर्ने जनाएको छ । यस्तै मंगलबार आकस्मिकबाहेकका अन्य अन्तरंग सेवामा बिरामी भर्ना नलिने, बुधबारदेखि आकस्मिक सेवा बाहेक अन्य शल्यक्रिया बन्द गर्ने, बिहीबारदेखि आकस्मिकबाहेक ल्याब तथा रेडियोलोजी सेवा बन्द...
सल्यान, १८ भदौ । अविरल वर्षापछि आएको पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिका बेपत्ता भएका छन।बागचौर नगरपालिका–१२ ओख्रेनी मुलखोलामा स्थानीय बालाराम डाँगीको घर आइतबार बेलुकी पहिरोले पुरिएपछि उहाँका दुई छोरी एक छोरा पुरिएर बेपत्ता भएका छन् । पहिरोमा परी बेपत्ता हुनेमा बालाराम डाँगीकी १० वर्षीया छोरी ललिता डाँगी, सात वर्षीय छोरा ललित डाँगी र चार वर्षीया छोरी मेनका डाँगी रहेको प्रहरीले जनाएको छ । बाबुआमा भैँसी दुहुन गएको र बालबालिका भान्साकोठामा...
काठमाण्डौ, १७ भदौ । विभिन्न राजनीतिक दलका नेताले प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी बनेका कानून संशोधन गरिने बताएका छन् । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा उनीहरूले लोकतन्त्रलाई सुदृढ पार्न प्रेस स्वतन्त्रता हुनैपर्नेमा जोड दिँदै मुलुकी अपराधसंहिता–२०७४, मुलुकी देवानी संहिता–२०७४मा भएका गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्था प्रेस स्वतन्त्रता विरुद्ध रहेकाले ती कानुनी दफालाई संशोधन गरिनेमा जोड दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य पम्फा भुसालले...
नेपालगन्ज, १७ भदौ । नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् । मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलले भने, ‘सरकारले हाम्रा कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा...
दैलेख, १५ भदौ ।दैलेखको दुल्लु अस्पतालमा चिकित्सकसहित अन्य सुविधा नहुँदा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ। कहिले चिकित्सक नहुनु, कहिले अस्पतालमा औषधि नहुनु र कहिले खानेपानीको अभाबले स्वास्थ्य सेवा प्रभावित भएको हो । एउटा दशौँ तहको विशेषज्ञ चिकित्सक र दुईवटा आठौँ तहको चिकित्सकको दरबन्दी रहेको उक्त अस्पताल स्थापनाकालदेखि हालसम्म पनि माथिल्लो तहको विशेषज्ञ चिकित्सकको पदपूर्ति नहुँदा बिरामी उपचार पाउनबाट बञ्चित हुँदै आएका छन् । विशेषज्ञसहित २१ स्वास्थ्यकर्मीको दरबन्दी रहेको अस्पतालमा अधिकांश...