कर्णाली प्रदेशमा रहेका समाचारहरु
जाजरकोट,१४ भदौ।जाजरकोटका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौंको धनमाल र भौतिक संरचना नष्ट भएको छ। गत साउन ४ गते पहिरोले जुनीचाँदे गाउँपालिका–६ का भक्तबहादुर बूढाको घर पुरिँदा उनकी श्रीमती लली र ९ वर्षीया छोरी सिर्जनाको मृत्यु भयो। भक्तबहादुरसहित तीन जना घाइते भए। पहिरोबाट बुढाको रु ७ लाख ७५ हजार बराबरको सम्पत्ति नष्ट भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकमा उल्लेख छ। समितिले मृतकका आफन्तलाई...
सुर्खेत,१३ भदौ। रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् । विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ। हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताए । विमानस्थल नियमित...
सल्यान, १३ भदौ। घर भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा अबिरल वर्षाले घरको दलिन र भित्ता भत्किँदा रामसिंह कामीका ६ जनाको परिवारमध्ये पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा रामसिंह, उनकी श्रीमती रामकला, छोरी गंगा र प्रमिला तथा छोरा रुपलालको मृत्यु भएको हो । एकजना बालिकाको भने जिवितै उद्धार गरिएको छ । घरमा सुतिरहेको बेला गएराति करिब साढे ९ बजेतिर घर...
सुदीप कैनी, काठमाडौं,११ भदौ । अब प्रारम्भिक बालकक्षादेखि १२ सम्म नयाँ पाठ्यक्रम लागू हुने भएको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको पाठ्यक्रम संरचना २०७५ स्वीकृत गरेको हो । परिवर्तित संरचनाअनुसार विषयगत पाठ्यपुस्तकको तयारी थालिसकिएको छ । नयाँ संरचनामा कक्षा ११ र १२ मा संकाय खारेज गरी ७ विषय लागू गरिनेछन् । यसअघि ५ वटा विषय मात्रै थिए । अब नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षासहित ४ विषय अनिवार्य हुनेछन् भने ३ वटा...
जुम्ला, १० भदौ । जुम्लाको औद्योगिक विकासका लागि लगानी जुटाउने उद्देश्यले चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी प्रवद्र्धन सम्मेलन गर्ने भएको छ । स्वदेशी–विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नजिक अवस्थित उक्त नगरपालिकाले आज यहाँ पत्रकार सम्मेलन गरेर औद्योगिक लगानीका निम्ति आह्वान गरेको हो । उक्त नगरपालिकाको कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका साथ यही भदौ २९ गते उक्त सम्मेलन हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिनुभयो...
नेपालगन्ज, १० भदौ । रक्षाबन्धन तथा जनैपूर्णिमा आज मुलुकभरी धुमधामका साथ मनाईदैछ । नाडीमा डोरो बाँधेर र नयाँ जनै लगाएर यो पर्व मनाइन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधी मनाइँदैछ । आज मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गरिन्छ । विगतमा...
कल्पना रिमाल ।पत्रकारितामा मौलाएको अपराधीकरणलाई निस्तेज पार्न संचार सम्बन्धी कानुन बलियो हुनुका साथै त्यसको कडाईका साथ कार्यान्वयन हुनैपर्ने आवाज उठ्दै आएको हो । पत्रकारिताको आवरणमा गलत धन्दा गर्नेका कारण सही पत्रकारिता गर्नेहरु पनि बदनाम बन्नु परेको अबस्थामा हालै लागु भएको मुलुकी अपराध संहिताले गलत काम गर्नेलाई अव सिधै जेलमा सडाउने ढोका खोलेको छ । पत्रकारिता गर्नेहरु नागरिक कानुन भन्दा माथि हैनन् र उनीहरुले जे गरे पनि प्रेस स्वतन्त्रताको नाममा उन्मुक्ति...
नेपालगन्ज,५ भदौ।सामाजिक सञ्जालहरुमा बढी लोकप्रिय फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेपछि यसका प्रयोगकर्ताहरुमा नयाँ बहसु सुरु भएको छ।सरकारले फेसबुक र ट्वीटरलगायत अनेक सामाजिक सञ्जालबाट विज्ञापन सम्बन्धी कारोबार भईरहेको भन्दै त्यस्ता माध्यमहरुमा नेपाल भित्रबाट भईरहेका गतिबिधिमा कर लगाउने तयारी गरेको हो । संसदीय समितिले नै सामाजिक संजालमा प्रबाह हुने बिज्ञापनमा कर लगाउन निर्देशन दिएपछि सरकार अरु हौसिएको हो । प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको...
सुर्खेत, ४ भदौ । यही भदौ २ र ३ गते सुर्खेतका दुईजना वृद्ध मृत अवस्थामा फेला परेका छन् । गुर्भाकोट नगरपालिका–३ डोबगाउँमा बस्ने ७५ वर्षीय काली बाँठा मगर र ३५ वर्षदेखि सुर्खेत देउती बज्यै मन्दिर आसपास बस्दै आएका नाम बतन नभएका नाति भन्ने नामले चिनिने ७५ वर्षीय वृद्ध मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मृतक बाँठा मगर गुर्भाकोटको हिले स्वास्थ्य चौकीमा १ गते...
जाजरकोट, २ भदौ । बाढीले पुल बगाएपछि नलगाड नगरपालिकाका बासिन्दालाई समस्या भएको छ । पुल तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट बञ्चित भएका छन् भने सयाँै स्थानीय बासिन्दालाई पनि आवतजावतमा कठिनाइ भएको छ । गत साउन २६ गते आएको बाढीले त्यहाँको वडा नं १, २, ३, ४ र ५का खोलाका पुल बगाएको थियो । त्रिभुवन माध्यमिक विद्यालय दल्ली र जनकल्याण निमाविमा पढ्ने विद्यार्थी पढाइबाट बञ्चित भएको शिक्षक दिनेश ओलीले बताउनुभयो ।...