पत्रकारिताको आवरणमा गलत धन्दा गर्नेलाई अब हुनसक्छ सिधै जेल !
प्रकाशित मिति : २०७५, ५ भाद्र मंगलवार २०:४६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कल्पना रिमाल ।पत्रकारितामा मौलाएको अपराधीकरणलाई निस्तेज पार्न संचार सम्बन्धी कानुन बलियो हुनुका साथै त्यसको कडाईका साथ कार्यान्वयन हुनैपर्ने आवाज उठ्दै आएको हो । पत्रकारिताको आवरणमा गलत धन्दा गर्नेका कारण सही पत्रकारिता गर्नेहरु पनि बदनाम बन्नु परेको अबस्थामा हालै लागु भएको मुलुकी अपराध संहिताले गलत काम गर्नेलाई अव सिधै जेलमा सडाउने ढोका खोलेको छ ।
Advertisement
पत्रकारिता गर्नेहरु नागरिक कानुन भन्दा माथि हैनन् र उनीहरुले जे गरे पनि प्रेस स्वतन्त्रताको नाममा उन्मुक्ति पाउनुपर्छ भन्ने कुरालाई समर्थन गर्न सकिन्न ।
पत्रकारिताको नाममा ब्ल्याकमेलिड., बार्गेनिड., दलीय चाकडी, अपराधीको पक्षपोषण गर्ने, पैसा र प्रलोभनमा समाचारलाई बंग्याउने तथा सही समाचार वेवास्ता गर्ने प्रबृत्तिमा रोक लगाउँन संचार सम्बन्धी कानुनमा समयानुकुल कडा ब्यवस्था हुनैपर्ने समयको माग थियो, जसलाई मुलुकी अपराध संहिताले सम्बोधन गरेको छ ।
आज संचालनमा रहेको धेरै जसो कर्पोरेट र साना खाले मिडियाहरु बिज्ञापनदाताको लबिड.मा संचालन हुन थालेको अबस्था हेर्दा आर्थिक कुराले पत्रकारितालाई थिचेको छ । आर्थिक लाभ नभएसम्म कुनै कम्पनी वा ब्यक्तिको खोईरो खनेर लगातार लेख्ने र आफ्नो लाभ भएपछि प्रशंसा गर्न थाल्ने प्रबृत्ति नेपाली पत्रकारितामा हानीकारक बन्न गएका छन् । पत्रकारितामा दलीय भातृ संस्थाको प्रत्यक्ष प्रभावले त झन् नेपाली पत्रकारितालाई थिलथिलो नै पारेको छ ।
नाम अमृत बजार राखेर बिष ओकल्ने र बिज्ञापनसँग समाचार साँट्नेहरु भएसम्म नेपाली पत्रकारितामा स्वच्छता र पारदर्शिता कायम हुन्छ भन्नु बेकारको कुरा हो । ठूला कर्पोरेट मिडियाले करोडको बार्गेनिड. गरेर समाचारलाई उल्टोपाल्टो पार्दा सानाले हजार र लाखमा आफ्नो हैसियत देखाउनु स्वभाविक छ । पैसा, प्रलोभन, धम्की र प्रभावमा समाचार छापिनु र नछापिनु, एउटा निर्दोष र कर्तब्यनिष्ट ब्यक्तिलाई आधारहिन लान्छना लगाएर बदनाम गर्नु पत्रकारिताको मूल्य मान्यता भित्र पर्दै पर्दैन ।
ब्यक्ति र संस्थाको चरित्र हत्या गरेर समाचारको नाममा बिष प्रबाह गर्नेहरुले कडा कानुनको बिरोध गर्नु पनि स्वभाविक छ किनभने उनीहरु जहिले पनि आफुलाई कानुन भन्दा माथि बनाउँन चाहन्छन् नत्र कानुनको कठघरामा उभिएर ब्यवसाय नै बन्द गर्नुपर्ने अबस्था आउँछ । त्यस्तो गलत धन्दा चलाउनेलाई कडा कानुनको डण्डा लगाएर ठीक नपारेसम्म नेपालमा सही पत्रकारिता गरिरहेकाहरुले न्याय पाउँन सक्दैनन् । सही पत्रकारलाई कसैले पनि नटेर्ने अबस्थामा कि उ पनि गलत बाटो हिड्नु पर्यो कि पत्रकारिता नै छाड्नु पर्यो । यी दुई विकल्पको वीचमा तेस्रो विकल्प खोज्ने हो भने पत्रिकारितालाई सही बाटोमा ल्याउनु नै हो ।
मुलुकी अपराध संहिताको दफा २९३ देखि ३०७ सम्म समेटिएका प्रावधानले गलत गर्नेलाई कडा सजाय त गर्छ नै । त्यसको घानमा सही पत्रकारिता गर्नेहरु पनि पर्लान् कि भन्ने चिन्ता पनि जायज देखिन्छ । सही पत्रकारिता गर्दागर्दै कानुनको फन्दामा पारियो भने त्यो चाँही अन्यापूर्ण नै हुन्छ । प्रमाण र तथ्य नभेटी स्रोतको हवाला दिएर समाचार लेख्ने, समाचारमा आरोपित गरिएको पक्षको प्रतिक्रिया नै नराख्ने, समाचारको कुनै जिम्मेवारी र जाफदेहिता नलिनेहरुलाई तह लगाउँन खोज्दा कतै सही पत्रकार पनि घानमा पर्छन कि भन्ने चिन्तालाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने पक्ष बढी चनाखो हुनैपर्छ । सही समाचार लेख्नेहरु प्रताडित बन्नु नपरोस भन्नेमा कानुन कार्यान्वयन गर्नेहरुले पर्याप्त सावधानी अपनाउनै पर्छ हैन भने कालो धन्दा चलाईरहेकाहरुले आफ्नो स्वार्थमा लागेको धक्काको क्षतिपुर्ति गर्न कानुनको आँखाँमा दोषी ठहर गरिएका निदोर्षहरुको पीडा केही स्वार्थ केन्द्रितहरुले हतियार बनाउँन सक्छन् । तर सही काम गर्ने पत्रकारहरुले नयाँ कानुनी ब्यवस्थाबाट सशंकित हुनु आबश्यक छैन । सही प्रावधानको दुरुपयोग नहोस् भन्नेमा चनाखो भएर खबरदारी गरेमात्र पुग्छ ।
एउटा कुरा के निश्चित हो भने, पत्रकारिताको नाममा कालो धन्दा गर्नेहरुले अब कि बाटो बदल्नुपर्छ कि आफुलाई सुधार्नु पर्छ, हैन भने कानुनलाई हातमा लिएर पत्रकारिताको नाममा उन्मुक्ति पाउनसक्ने छैनन् ।देशको खबरबाट
हेरौ मुलुकी अपराध संहिताका यी प्रावधानः