चौरजहारी विमानस्थल १५ महिनादेखि बन्द हुदा जनता मर्कामा
प्रकाशित मिति : २०७५, १३ भाद्र बुधबार १९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत,१३ भदौ। रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।
Advertisement
विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ। हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताए ।
विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताए । “कम्तीमा हप्तामा एक पटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ,” उनले भने । केही समय अगाडि रु ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको हो।रासस।