कर्णाली प्रदेशमा रहेका समाचारहरु

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

कालिकोट , १८ असार – गएरातिको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कर्णाली राजमार्गको जुम्ला–सुर्खेत सडक खण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा भारी वर्षका कारण गए रातिदेखि निरन्तर पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध भएको हो । गगने खोलाको भिरमा बर्सेनि पहिरो खस्दा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । यो वर्षको सुरुवातमै त्यसै ठाउँमा पहिरो जाँदा अहिलेसम्म ७ पटक सडक अवरुद्ध भएको छ । ठुलो चट्टानबाट फुट्ने पहिरोले राजमार्ग...

देशैभर मनसुन सक्रिय, तीन दिन अझै झरी पर्ने

काठमाडौं, १८ असार देशभर मनसुन सक्रिय भएकाले तीन दिनसम्म पानी परिरहने अनुमान गरिएको छ। नेपालमा आइतबारदेखि मनसुन सक्रिय हुँदा अविरल वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरेकाले अझै तीन दिन  बिहिबार सम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् मञ्जु बासीले मनसुन सक्रिय हुँदा देशैभर वर्षा भइरहेको बताइन्। वर्षा देशैभर गराउन सक्ने बादल बनिरहेकोले केही दिन झरी लम्बिन सक्ने उनले जानकारी दिइन्। देशको पश्चिमी र...

पश्चिम रुकुममा बस दुर्घटना, १४ जना घाइते, ३ को अवस्था गम्भीर

रुकुम । रुकुम पश्चिममा बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुम पश्चिमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २स्३० बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परी दाङ तुल्सीपुर उपमहानगरपालिका–३ का १७ वर्षीया सृष्टी पुन, उनकी आमा ३६ वर्षीया माया पुन, वडा नं ८ का ३१...

मध्यपश्चिम विश्वविद्यालयः रजिष्ट्रारको कार्यालयमा तोडफोड

सुर्खेत, १५ असार – सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय, रजिष्ट्रारको कार्यालयमा तोडफोड भएको छ। स्वायत्त ईन्जिनियरिङ् संकायको माग गर्दै आन्दोलनरत ईन्जिनियरिङ् संकाय संघर्ष समितिका विद्यार्थीहरुले शुक्रबार तोडफोड गरेका हुन् । प्रयोगात्मक कक्षासहितको ईन्जिनियरिङ् अध्ययनको मागसहित १२ दिनदेखि शान्तिपूर्ण आन्दोलन गरिरहेका ईन्जिनियरिङ् अध्ययनरत विद्यार्थीहरुले रजिष्ट्रारको कार्यालयमा तालाबन्दी गरेका थिए । शुक्रबार बिहान विद्यालय प्रशासनले जर्बजस्ती ताला खोलिदिएपछि तोडफोड गरिएको संघर्ष समितिका सदस्य रोसन बस्नेतले बताए । इन्जिनियरिङ्ग संकायलाई स्वायत्त बनाइनुपर्ने, हाइड्रो इन्जिनियरिङ्गको पूर्ण पाठ्यक्रम...

स्पेनको ‘डोनास्टिक कप’मा सहभागिताका टिम राराका १७ किशोरीहरुलाई अवसर

काठमाडौं, १२ असार- सुनाकली डकुमेन्ट्रीकै नेपालको समाजिक जीवनमा नै ठूलो प्रभाव ल्यायो। घर बाहिर निस्कन नपाउने किशोरीहरुलाई फुटबल खेल्नैका लागि अविभावकहरुले बिदाइ गरे । अन्तरराष्ट्रिय फुटबल प्रतियोगिता ‘डोनास्टिक कप’मा सहभागिताका लागि ठूलो अवसर जुट्यो । टिम रारालाई आवत जावत टिकटसहित, होटल व्यवस्थापनदेखिको लाखौं खर्च व्यहोर्दै स्पेनबाट आयोजकले निमन्त्रणा गरेको छ । १७ जना किशोरी र ५ जना व्यवस्थापकसहित २३ जनाको टोली सहभागी बन्नेछ । टिम संयोजक भोजराज भाटका अनुसार मुगुमा नै पुगेर...

‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु

सुर्खेत, १२ असार – कर्णाली प्रदेशमा सोमबारदेखि ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएको छ ।मुख्यमन्त्री महेन्द्रबहादुर शाही यस प्रदेशमा कार्यरत ४२ वटा एफएम रेडियोबाट एकैसाथ १५ लाख जनतामाझ पुग्नु भएको छ । जनता स्वयंको प्रत्यक्ष जिज्ञासा, गुनासा, सुझाव र प्रश्न लिएर प्रदेशको विकास, सुशासनमा गति दिने मुख्य उद्देश्य राखेर ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु गरिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिनुभयो । ‘जनतासँग मुख्यमन्त्री’ रेडियो कार्यक्रम शुरु भएकै दिनमा...

एसईईको नतिजा सार्वजनिक

नेपालगन्ज, ९ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शनिबार सार्वजनिक गरेको छ । कार्यालयले गत चैत पहिलो साता लिएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा ग्रेडिङ प्रणालीअनुसार सार्वजनिक गरेको हो। कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन्। यस्तै,...

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

नेपालगन्ज, ९ असार । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले गत चैत महिनामा सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि परीक्षा नियन्त्रण कार्यालयले शनिबार दिउँसो ३ बजे बोर्ड बैठक बोलाएको छ । परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले ३ बजे बोर्ड बैठक बस्ने र त्यसपछि ४ बजे पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्ने तयारी भइरहेकाे जानकारी दिए । ‘एसईई परीक्षाको नतिजा आज प्रकाशित गर्ने तयारी हामीले...

रुकुम पश्चिममा भाइको हत्या गरेर दाइ प्रहरी कार्यालयमा आत्मसमर्पण

रुकुम पश्चिम,७ असार । रुकुम पश्चिममा भाइको हत्या गरेर दाइ प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका छन् । आठबीसकोट नगरपालिका–१२, ठूलीबार्खुका ३४ वर्षीय भाइ इन्द्रे पुनको हत्या गरेर ५२ वर्षीय दाइ रुद्रे पुनले जिल्ला प्रहरी कार्यालय पुगेर आत्मसमर्पण गरेका हुन् ।अंशवण्डाको विषयमा विवाद बढ्दै जाँदा बुधबार राति चिर्पटले रुद्रेले भाइ इन्द्रेको हत्या गरेका हुन् । अदालतमा परेको मुद्दामा छलफलका लागि जिल्ला सदरमुकाम आएका उनीहरु बुधबारै विवाद घरमै मिलाउने भन्दै मग्मा...

बाँफीकोट कर्णालीको पहिलो छुवाछूत मुक्त गाउँपालिका

रुकुम, ६ असार। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका कर्णाली प्रदेशकै पहिलो जातीय सद्भावयुक्त तथा छुवाछूत मुक्त स्थानीय तह घोषणा भएको छ । जातीय छुवाछूत तथा सद्भावयुक्त क्षेत्र घोषणाका लागि आवश्यक सबै सूचक पूरा भएपछि मंगलबार औपचारिक कार्यक्रमका बीच बाँफिकोटलाई घोषणा गरिएको हो । बाँफीकोट गाउँपालिकामा ७० प्रतिशतभन्दा बढी छुवाछूतको अन्त्य भएपछि घोषणा गरिएको आयोजकले बताएका छन् । यहाँका सार्वजनिक धारा, मन्दिर, विद्यालय, स्वास्थ्य चौकीलगायतका सार्वजनिक स्थानमा कुनै पनि छुवाछूत नरहेको गाउँ कार्यपालिका...