हिल्सामा अलपत्र ३ सय बढी तीर्थालुलाई नेपालगञ्ज ल्याइयो
प्रकाशित मिति : २०७५, २१ असार बिहीबार १९:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, २१ असार । नेपाल–तिब्बत सीमा नाका हिल्सामा अलपत्र परेका ३ सय बढी तिर्थालुलाई नेपालगन्ज ल्याइएको छ । आज मात्रै १५ वटा उडान मार्फत् १ सय ८० जना यात्रुहरुलाई नेपालगन्ज झारिएको छ । खराव मौसमका कारण हिल्सा र हुम्लामा अलपत्र परेका पाँच सय बढी मानसरोवर दर्शनार्थीहरुमध्ये उनीहरुलाई नेपालगन्ज ल्याइएको हो । नेपाल नागरिक उडड्यन कार्यालय नेपालगन्जका प्रमुख प्रतापवावु तिवारीले अलपत्र यात्रुहरु ओसार्ने काम जारी रहेको जानकारी दिनुभयो । हिजो पनि करिब एक सय यात्रीलाई नेपालगन्ज ओसारिएको थियो । प्रहरीका अनुसार केही दिनको अन्तरालमा लेक लागेर र लडेर कैलाश मानसरोवर गएका ८ भारतीय तीर्थयात्रुको मृत्यु भएको छ । भारतको गर्मी हुने ठाउँमा बसेका तीर्थयात्रीलाई एक्कासी निकै उचाईंको कैलाशमा जाँदा तापमापनसँग समायोजन हुन कठिन हुने भएकाले लेक लाग्ने खतरा उच्च रहने चिकित्सकहरु बताउँछन् । बैशाख तेस्रो सातादेखि सुरु भएको कैलाश मानसरोवर यात्रा असोज मसान्तसम्म चल्ने गर्छ । अहिलेसम्म हिल्सा नाका भएर करिब ६ हजार ६ सय तीर्थयात्रीले कैलाश दर्शन गरेका छन् ।
Advertisement