राराको पूर्बाधार विकास विना नै पर्यटन बर्षको तयारी
प्रकाशित मिति : २०७४, २९ चैत्र बिहीबार ०९:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, २९ चैत । मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने भएको छ । ‘कर्णाली समृद्घिको आधार : पर्यटनको पूर्वाधार’ भन्ने मूल नारासहित सुरु हुन लागेको पर्यटन बर्षको तयारीका लागि कर्णाली प्रदेश सरकारले तयारी तिब्र पारेको छ ।
Advertisement
२०७५ बैशाख १ गते मुगुको रारा तालबाट पर्यटन बर्ष शुभारम्भ गरिने योजनाका साथ कर्णाली प्रदेश सरकार यतिबेला आन्तरिक तयारीमा जोटेको हो । कर्णाली प्रदेशको विकासका लागि राराबाट शुरु गरिने पर्यटन प्रवर्दनको कार्य निरन्तर जारी राख्ने गृह, कानुन तथा आन्तरिक मामिला मन्त्री नरेशबहादुर भण्डारीले जानकारी दिए । ‘अहिले कर्णालीको गरीबी हेर्नका लागि पर्यटकहरु यहाँसम्म आइपुग्ने गरेका छन् ।’ मन्त्री भण्डारीले भने, ‘अब २ बर्षभित्र पर्यटकहरु कर्णालीको विकास हेर्न यहाँसम्म आइपुग्नेछन् ।’
प्रकृतिको अनुपम उपहार मानिएको रारासहित कर्णाली प्रदेशमा दर्जन बढि पर्यटकीय संभावनाहरु रहेका छन् । रारालाई केन्द्रमा राखेर कर्णालीको समग्र पर्यटन विकासमा प्रदेश सरकारले थालेको कार्यलाई सबैले सराहनीय मानेको कृषि तथा सहकारी मन्त्री बिमला केसीको भनाई छ । ‘पर्यटन बर्ष समग्र कर्णालीको जनताको विकास र सम्वृद्धिका लागि केन्द्रित हुनेछ ।’ उनि भन्छिन्, ‘राराले समग्र नेपालको पर्यटन विकासमा टेवा पु¥याउने छ ।’
यस्तै, कर्णाली प्रदेशका पर्यटन मन्त्री समेत रहेका नन्दसिंह बिष्टले कर्णाली प्रदेशमा रहेका पर्यटकीय स्थानहरुको प्रचारप्रसार गर्न र कर्णाली प्रदेशका जनताहरुको आयआर्जन बृद्घि गर्नका लागि रारा पर्यटन बर्ष २०७५ को घोषणा गरेको जानकारी दिए । ‘हामी संभावनाहरुको खोजी र त्यसको उजागर गर्ने लक्ष्य लिएर अघि बढेका छौं ।’ उनले भने, ‘प्रदेश सरकारले अब पर्यटकिय क्षेत्रहरुको विकास र संरक्षणका लागि कुनै कसर बाँकी राख्नेछैन् । कर्णाली प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकहरुको विकासका लागि पूर्बाधार निर्माणमा ध्यान दिनेछौं ।’
उता, कर्णाली प्रदेश सरकारले पूर्वाधार विकासमा ध्यान नदिई २०७५ साललाई कर्णाली–रारा पर्यटन वर्ष घोषणा गरेकामा स्थानीयबासीले चिन्ता ब्यक्त गरेका छन् । पर्यटन वर्ष सुरु हुनै लाग्दा सुर्खेतदेखि रारासम्मको सडक, संचार र पर्यटक वासस्थान जस्ता पूर्वाधारमा समस्या देखिएको सरोकारवालाहरुले बताएका छन् । सुर्खेतदेखि मुगुको रारासम्म जाने सडक, पर्यटक वासस्थानको पूर्वाधारमा कमी रहेको छ ।
पर्यटकहरुले रारा आसपासका होटेलमा वास पाउन निकै गाह्रो छ । ताल हेर्न आउने आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएपछि रारामा रहेको एक मात्र डाँफे होटल र मुगुको ताल्चा विमानस्थलका होटलहरू भरिभराउ हुन थालेका छन् । ताल घुम्न दिनहुँ हवाई तथा सडकमार्ग भएर तीनयि बढी आन्तरिक पर्यटक आउने गरेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । राराले समग्र देशकै पर्यटनमा सहयोग पुर्याउने भएपनि सरकारले यसलाई खासै प्राथमिकतामा राख्न सकेन् । मुलुक विकासको आधारको रुपमा मुगुमा जन्मिएको रारा यतिबेला संरक्षण, प्रवद्र्धन र विकासको सास फेर्न नपाउँदा विरहको गीत गाएर बस्न बाध्य छ ।