रुकुममा खेतबारीमै किसान पाठशाला
प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार १६:०६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
परम्परागत र आधुनिक कृषि उत्पादनका विषयमा प्रत्यक्ष काम गर्दै सिक्दैआएका यहाँका कृषक अहिले खेतबारीमै कृषक पाठशाला सञ्चालन गरी सिक्दै उत्पादन गर्न थालेका छन् । जिल्लामा लागू भएको कृषि तथा खाद्य सुरक्षा आयोजनाअन्तर्गत साविकका १४ वटा गाविसका कृषकले परम्परागत र आधुनिक कृषि उत्पादनबारे सिकाइ गर्न थालेका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत राजेश साहले जानकारी दिनुभयो ।
Advertisement
कृषक पाठशालामार्फत उन्नत प्रविधिमा व्यावसायिक कृषि खेतीतर्फ अग्रसर गराउने उद्देश्यका साथ पाठशाला सञ्चालन गरिएको उहाँको भनाइ छ । कृषक समूह गठन गरी पाठशालामा सहभागी गराउने र पाठशालामार्फत सिकाउने गरिएको छ । जिल्ला भरमा यस वर्ष ३० ठाउँमा पाठशाला सञ्चालन गरिएको छ भने ५०० भन्दा बढी किसानले उन्नत कृषि प्रविधिका बारेमा खेतबारीमै जानाकरी पाएको उहाँले बताउनुभयोे ।
कृषकलाई खेतमै पुगेर सिकाउने हुँदा पाठशाला प्रभावकारी रहेको सिम्लीका कृषक रामबहादुर खड्काले बताउनुभयो । “पाठशाला सञ्चालन नहुँदा कृषि प्राविधिकलाई देख्नसमेत पाइँदैनथ्यो,” उहाँले भन्नुभयो । अहिले प्राविधिकले खेतबारीमै कृषकलाई पढाउँदै आएका छन् । पाठशालामा सिकेको सीप र ज्ञानको प्रयोग गर्दा अहिले उत्पादनमा वृद्धि भएको कृषकले बताएका छन् । रासस।