शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा
प्रकाशित मिति : २०७४, ११ फाल्गुन शुक्रबार १३:३०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
डोल्पा, ११ फागुन । सदरमुकाम दुनैस्थित कृषि विकास बैंकमा शाखा प्रबन्धक नहुँदा सेवाग्राही मर्कामा परेका छन् ।
Advertisement
दुई महिनादेखि बैंक प्रबन्धकविहीन भएपछि सेवाग्राही मारमा परेका हुन् । गत पुसमा शाखा प्रमुख रवि खत्रीको सरुवा भएकमो थियो ।
त्रिपुरा सुन्दरी नगरपालिका–१ का हरिचन्द्र विष्टले पुसयता कर्जा लिन भन्दै छ पटक बैंक पुगेपनि काम हुन नसकेको बताउनुभयो ।
डोल्पामा अहिलेसम्म रु आठ करोड ४१ लाख रकम लगानी गरिएको कृषि विकास बैंकले जनाएको छ ।