प्रदेश नं. ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाहीको नाममा सहमति
प्रकाशित मिति : २०७४, २४ माघ बुधबार १६:३८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सुर्खेत, २४ माघ । प्रदेश नं. ६ को मुख्यमन्त्रीमा कालीकोट प्रदेश (ख) बाट निर्वाचित सांसद महेन्द्रबहादुर शाहीको नाममा सहमति भएको छ । पूर्व ऊर्जा मन्त्रीसमेत रहेका शाहीलाई मुख्यमन्त्री बनाउन माअोवादीका सबै नेताहरु सहमत भएपछि विवाद टुंगिएको हो ।
Advertisement
मुख्यमन्त्री टुंगो लाग्न नसकेपछि पूर्वगृहमन्त्रीहरु जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सुर्खेत पुगेका थिए । माअोवादी केन्द्रका एक नेताले भने-‘अनौपचारिक छलफल भएको हो, छलफलबाट महेन्द्रबहादुर शाहीका नाममा सहमति भएको छ तर अाैपचारीक घोषणा भने भएको छैन । ‘
अाैपचारिक घोषणा भने बिहिबार हुने स्रोतले बतायो । यस अघि नेताहरु नै महेन्द्र शाही र नरेश भण्डारी पक्षविपक्षमा विभाजित भएकोले मुख्यमन्त्रीको टुंगो लाग्न नसकेको हो ।
बाम गठबन्धनमा रहेको माअोवादीले प्रदेश ६ र ७ मा मुख्यमन्त्री पाएको थियो । प्रदेश ७ मा यस अघि नै डोटीका त्रिलोचन भट्ट सर्बसम्मत चयन भैसकेका छन् ।