कर्णाली प्रदेशमा रहेका समाचारहरु

बागी उम्मेदवारहरुलाई कांग्रेसद्वारा पार्टीबाट निष्कासन

काठमाडौं । नेपाली कांग्रेस पार्टीले गत निर्वाचनमा पार्टी बिपरित कार्य तथा बागी बनेका उम्मेदवारहरुलाई कारबाही प्रक्रिया अगाडी बढाउदै निष्कासन गरेको छ । निष्कासित हुनेहरुमा  २३ जना छन् । रौतहटका दुई , दैलेखका एक जना र सोलुखुम्बुका २० रहेका छन् ।स्थानीय तह, प्रदेश र संघीय संसद निर्वाचनका बागी उम्मेदवार, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका तीन जिल्लाका नेता तथा कार्यकर्ताहरुलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिइएको कांग्रेसको केन्द्रीय...

नेपालमा फेरि केही दिन भारी वर्षा हुने

काठमाडौं । नेपालमा फेरि मनसुन आउने भएको छ ।मौसमविद मञ्जु बासीका अनुसार, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ। यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ ।मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।‘भोलि केही स्थानमा र पर्सि देशैभर...

देशभर बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ९० पुग्यो

नेपालगन्ज ।देशभर आएको अविरल वर्षापछि  बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ९० पुगेको छ। आज बिहान १० बजेसम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी २९ बेपत्ता र ४१ घाइते छन्। तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ। पीडितहरुलाई राहत वितरण कार्य जारी भएपनि उचित राहत नपाएको पीडितले गुनासो गर्दै आएका छन् । ...

देशैभरीका जनप्रतिनिधीलाई सम्पत्ति विवरण बुझाउन ६० दिनको समय अवधी तोकियो

नेपालगन्ज ।देशैभरी सबै जनप्रतिनिधिहरुले सम्पत्ति विवरण बुझाउनुपर्ने भएको छ। उनीहरुलाई  ६० दिनको समय अवधी दिइएको छ। हरेक आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रले आग्रह गरेको हो। सार्वजनिक पद धारण गरेका पदाधिकारी तथा कर्मचारीले सम्पत्ति विवरण बुझाएरनबुझाएको अभिलेखको जानकारी सम्पत्ति विवरण राखेको निकायले छिटो साधनद्वारा केन्द्रमा उपलब्ध गराउन पनि केन्द्रले गोरखापत्रमा सूचना निकालेर आग्रह गरेको छ। जिल्ला...

देशभर बाढी-पहिरोमा ज्यान गुमाउनेको संख्या ७८ पुग्यो

नेपालगन्ज ।देशभर अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको संख्या ७८ पुगेको छ।मङ्गलबार सम्म नेपाल प्रहरीले दिएको विवरण अनुसार बाढीपहिरोमा परी ३२ बेपत्ता र ४० घाइते छन्।तीन हजार ३६६ भन्दा बढीको उद्दार गरिएको नेपाल प्रहरी जनाएको छ।पीडितलाई राहत वितरणको काम पनि सुरू गरेको जनाइएको छ। ...

अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी स्वीकार हुँदैन: मन्त्री बास्कोटा

काठमाडौं । अबदेखि सञ्चार माध्यममा कुनै पनि बिदेशी लगानी लगाउन नपाइने भएको छ।  ‘संचार माध्याममा विदेशी लगानी स्वीकार हुँदैन ।कुनै पनि हालतमा हुदैन’ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले बताए। आज काठमाडौंमा सञ्चार उद्यमीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले एउटै सञ्चार माध्यमलाई रेडियो, टिभी र एफएमहरूमा लगानी गर्न नदिने चेतावनी पनि दिए। उनले सञ्चार माध्यमहरूलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न सचेत समेत गराए। केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही...

बाढी-पहिरोमा मृत्यु हुनेको संख्या देेशभर ६५ पुग्यो

काठमाडौं ।देशैभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा मृत्यु हुनेको संख्या बढदै गएको छ।बाढी र पहिरोमा मृत्यु हुनेहरुको संख्या देेशभर ६५ पुगेको छ । आज बिहान ७ बजेसम्मको तथ्यांकअनुसार ६५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको हो । मृत्यु हुनेहरुमा ४१ पुरुष र २४ महिला छन् ।१२ पुरुष र १८ महिला गरी जम्मा ३० जना वेपत्ता छन् । ३८ जना घाइते छन् भने १ हजार ४४६ जनाको सकुशल उद्धार...

देशैभर बाढी-पहिरोले ५० जनाको ज्यान गयो

काठमाडौं । देशैभरी बाढी,पहिरो र डुबानले ५० जनाको ज्यान गएको छ।प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार बाढी पहिरोमा परी २२ महिला र २८ पुरुषको ज्यान गएको छ बिहानसम्मको  २५ जना घाइते भएकाले उनीहरूको सम्बन्धित स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३० जना बेपत्ता भएका छन्। अहिलेसम्म एक हजार ११०४ जनाको उद्धार गरिएको छ।प्रहरीले दिएको जानकारी अनुसार प्रदेश नं– १ मा १७, प्रदेश नं– २ मा आठ, प्रदेश नं  ३...

चम्किदै युवा गायक सुजन ढकाल

नेपालगञ्ज । युवा गायक सुजन ढकाल नेपाली संगीतमा अहिले निकै फडको मारिरहेका छन् । गायक ढकालले आफ्नै स्वर,शब्द र संगीतमा सजिएको एल्बम हो “डेप्थ”। उनको जिवनकै पहिलो कृति रहेको छ।उनले यस एल्बममा विभिन्न शैलीका फरक फरक गितहरुलाई समावेस गरेको जानकारी दिएका छन।पप गायक ढकालको पहिलो “तिमी नै तिमी” बोलको गितमा नायिका बेनिशा हमाल सग उनलाई भिडियोमा देख्न सकिन्छ भने उनको दोश्रो गित सुनकेशरीमा मोडल सुजना ढकाल र दिवस खड्का अभिनित...

देशभर बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुग्यो

नेपालगन्ज ।अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परि मर्नेको संख्या ४३ पुगेको छ । बाढीपहिरोमा परेर २० जना घाइते भएका छन् भने २४ जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले बताए। उनका अनुसार अहिलेसम्म देशभरमा गरेर ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ । त्यस्तै उनले अहिलेसम्म एक हजार १०४ जनाको उद्धार गरिएको बताए । प्रहरीका अनुसार ललितपुरमा र भोजपुरमा पाँच–पाँच, मकवानपुरमा चार, काठमाडौँ, खोटाङ ,ओखलढुङ्गा...