कर्णाली प्रदेशमा रहेका समाचारहरु

कर्णाली प्रदेशका भौतिक योजना मन्त्री खत्री बर्खास्त

सुर्खेत ।कर्णाली प्रदेश सरकारका भौतिक योजना तथा पूर्वाधार मन्त्री खड्गबहादुर खत्री पदमुक्त भएका छन्। फौजदारी मुद्दा लागेका मन्त्री खत्रीलाई बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदमुक्त गरेको जानकारी दिएका हुन्। मन्त्री खत्रीलाई पदमुक्त गरेसँगै मुख्यमन्त्री शाहीले अर्को व्यवस्था नहुञ्जेल सो मन्त्रालय आफैंले सम्हालेको बताएका छन्। ‘अर्को निर्णय नभएसम्म उहाँलाई पदमुक्त गरिएको छ,’ मुख्यमन्त्री शाहीलाई उद्धृत गर्दै निकट स्रोतले भन्यो। फर्जी बैंक ग्यारेन्टी गर्दा जमानी बसेका खत्रीलाई तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन उच्च अदालत...

कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरेर बम विष्फोट

सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्रीलाई लक्षित गरेर बम विष्फोट भएको छ। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विष्फोट गरिएको छ । उक्त बम विस्फोट नेत्रविक्रम चन्द विप्लवको प्रतिबन्धित समूहका कार्यकर्ताले गरेको प्रहरीको भनाइ छ । कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदैगर्दा मुख्यमन्त्रीलाई लक्षित गरेर दुई बम विस्फोट भएको प्रहरीले जनाएको छ ।मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा आउँदै गरेको अवस्थमा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै...

आज देशैभर रक्षाबन्धन पर्व मनाइदै

नेपालगन्ज ।आज देशैभर रक्षाबन्धन पर्व मनाइदै छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार...

ढुंगा गिट्टी संकलन प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई

नेपालगन्ज ।सरकारले ढुंगा गिट्टी उत्खनन् तथा संकलनसम्बन्धी प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई प्रत्यायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १९ को मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयमा रहेको अधिकार समन्वय समितिलाई प्रत्यायोजन गरेको हो। मन्त्रालयले ढुंगा–गिट्टी उत्खनन् तथा संकलन गरिने स्थानीय सरकारको प्रस्तावमा वातावरण ऐन र नियमावलीले तोकेका प्रक्रिया र सर्त पूरा गरेर वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी अनुमति दिने बाटो खोल्ने अधिकार समितिलाई दिएको हो। मन्त्रालयको...

ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो

काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार  ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने

काठमाडौं । मंसिरभित्र  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...

पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट मुक्त हुदै बिप्लब कार्यकर्ता

जाजरकोट।विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पार्टी छोड्ने लिखित कागज गरेर हिरासतबाट छुट्ने गरेका छन् ।पक्राउ परेकामध्ये तीन जना विप्लव समूह छाड्ने लिखित कागज गरेर छुटेको प्रहरीले जनाएको छ ।उनीहरु पक्राउ परेपछि कम्तीमा दुई हप्ता हिरासत बसेर विप्लव समूह छाड्ने कागज गर्दै रिहा हुने गरेका छन् । विप्लवका कार्यकर्ता छुटाउने नेपाली काङ्ग्रेसका नेताको ठूलो दौडधुप हुने गरेको छ । विप्लव समूहका डोल्पा इञ्चार्ज भन्दै पक्राउ परेका वीरबहादुर खड्का पार्टी छोड्ने कागज गरेर...

एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट बाकसमा फर्किए

काठमाडौं ।एक वर्षमा झण्डै ८ सयभन्दा बढी नेपाली विदेशबाट काठको बाकसमा फर्किएका छन् ।गत जेठमा वैदेशिक रोजगारका लागि ओमान पुगेकी मोरङको लेटाङकी अप्सरा दाहालको शंकास्पदरुपमा मृत्यु भयो । चक्कु लागेर घाइते भएकी अप्सराले अस्पतालमै प्राण त्यागेकी थिइन् । उनको हत्या भएको आशंका छ । कामका लागि कतार पुगेका लमजुङको दूधपोखरीमा इन्द्रप्रसाद दवाडीको सुतिरहकै अवस्थामा मृत्यु भयो । बेलुका सकुशल सुतेका उनी राति हृदयघातको शिकार भएका थिए ।झापा सुरुंगाका झलक श्रेष्ठले...

उपनिर्बाचनका लागि देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग

काठमाडौं । देशभरका स्थानीय तहमा रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। निर्वाचन आयोगले  २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधि आफ्नो कार्यकाल पूरा नहुँदै कुनै कारणले पद रिक्त भएको छ भने विवरण पठाइदिन आयोगले माग गरेको हो। आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाएर स्थानीय तहबाट रिक्त रहेका जनप्रतिनिधिको विवरण माग गरेको छ। आयोगले जिल्ला समन्वय समितिको प्रमुखरउपप्रमुख, नगरपालिका प्रमुखरउपप्रमुख, वडाध्यक्ष, गाउँपालिकाको प्रमुखरउपप्रमुख र वडाध्यक्ष रिक्त भएको भए तीन दिनभित्र विवरण...