कर्णाली प्रदेशमा रहेका समाचारहरु
बाढि आउन सक्ने स्थानका बासिन्दाका लागी अति जरुरी सन्देश….. सबैभन्दा पहिला सुरक्षा फौजलाई खबर गर्नुहोस। सुरक्षाकर्मीहरु तपाइको मदतको लागी खटिएका छन् । १. मोबाइल फोनको न्युनतम प्रयोग गर्नुस । इमरजेन्सीमा मोबाइल चाहिन्छ । २. सकिन्छ ब्याट्रीबाट चल्ने एउटा रेडियो साथमा राख्नुस । सरकारी तथा आपतकालिन उद्दार बारेको जानकारी रेडियोले दिन्छ । ३. एउटा टर्च राखिराख्नोस । काम लाग्छ । ४. शुद्ध पानीको जोहो गरिराख्नोस । खानेकुरा जोगाउनुस । ५. बिरामी र उनिहरुको औषधि , वृद्ध...
नेपालगन्ज । लाखौं रकम बराबर मुल्यको औषधी नेपालगन्ज बिमानस्थलमा थन्किएको छ।कर्णाली प्रदेशको दुर्गम डोल्पामा लैजाने लाखौँ मूल्यको औषधि करीब सातादेखि नेपालगञ्ज विमानस्थलमा थन्किएको छ । नेपालगञ्जबाट जुफालका लागि हवाई उडान अवरुद्ध भएका कारण उक्त औषधि नेपालगञ्जमै थन्किएको हो । औषधि यही थन्किएपछि अहिले डोल्पा अस्पतालमा सिटामोलको समेत अभाव देखिएको अस्पतालले जनाएको छ । जुफाल विमानस्थल चार दिनदेखि नखुलेकोले नेपालगञ्जदेखि जुफाल उडान हुन नसकेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर बताए। मौसममा खराबी आएर...
सुर्खेत ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना जिल्ला बन अधिकृतलाई घुससहित रङ्गेेेे हात पक्राउ गरेको छ। पक्राउ पर्ने सुर्खेत जिल्ला बन कार्यालयका प्रमुख भक्तबहादुर लामा रहेका छन्।सेवाग्राही सग काठको छुटपूर्जीको म्याद थप गराइदिने भन्दै ४ लाख घुस लिने क्रममा उनलाई पक्राउ गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले डीएफओ लामालाई उनकै कार्यकक्षबाट घुससहित नियन्त्रणमा लिएको हो । अहिले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। ...
दैलेख ।कोदालो प्रहार गरी आफ्नै आमा र हजुरआमाको हत्या गर्ने एक युवकलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । नारायण नगरपालिका–३ भूर्तीका २६ वर्षीय बालाराम सार्कीलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला गरेको हो । उनले विसं २०७५ पुस २ गते आफ्नै आमा ४७ वर्षीया पार्वती सार्की र हजुरआमा ७० वर्षीया जुवारा सार्कीलाई कोदालोले हिर्काई हत्या गरेका थिए । बालारामले आक्रमण गरी घाइते बनाएकी २४ वर्षीया कौशिला नेपालीको समेत ज्यान मार्न...
नेपालगन्ज । एसइईको पूरक परीक्षाको समय तालिका सार्बजनिक भएको छ । साउन २६ र २७ गते हुने भएको पुरक परिक्ष हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले कुनै पनि दुई विषयमा सी वा सीभन्दा तल आउने तथा परिक्षमा अनुउपस्थित हुनेहरुलाई पुरक परीक्षाको लागि समय तालिका सार्वजनिक गरेको हो। परीक्षाको आवेदन फारम साउन १५ गतेसम्ममा बुझाइ सक्नुपर्नेछ। परिक्षा बोर्डका अनुसार साउन २६ गते एक विषय र २७ गते दुई विषयको परिक्षा हुनेछ। ...
काठमाडौं। आफ्नै आफन्तहरुबाट ६०० बढी मारिएका छन् ।आर्थिक वर्ष २०७२र७३ देखि पछिल्ला चार वर्षमा आफन्तबाटै ६८४ जनाको हत्या भएको छ । आफन्तजनबाटै हत्या हुने क्रम बढेपछि यस्ता घटनाले पारिवारिक सम्बन्धमाथि नै गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । नेपाल प्रहरीले तयार पारेको एक तथ्यांकले आर्थिक वर्ष २०७२र७३ देखि २०७५र७६ सम्मका चार वर्षमा आफन्तबाटै परिवारका सदस्यदेखि आफ्ना निकटका मानिससम्मको गरी ६८४ जनाको हत्या भएको देखाएको हो । जसअनुसार श्रीमान्ले श्रीमतीदेखि श्रीमतीले...
काठमाडौं । एसईई दिएर बसेका बिद्यार्थीहरुका लागि आज सुनैलो दिन बनेको छ।परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा प्रकाशित गरेको छ । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए ।कुल चार लाख ४९ हजार विद्यार्थी परीक्षामा सामेल भएकोमा ५० जना विद्यार्थीको पूरै विषयको परीक्षा रद्द भएको छ। यसरी हेर्न सकिन्छ रिजल्ट – मन्त्रालयको बेबसाइट- www.moe.gov.np शिक्षा...
काठमाडौं । कैदीलाई उपचारका क्रममा नेल नलगाउन आयोगले निर्देशन दिएको छ।राष्ट्रिय मानव अधिकार आयोगले कैदीबन्दीलाई उपचारका क्रममा नेलरहतकडी नलगाउन निर्देशन दिएको छ। निलम्बित सांसद रेशम चौधरीलाई वीर अस्पतालमा उपचार गर्दा पनि नेल लगाइएको आयोगले गरेको अनुगमनका क्रममा भेटिएकोले आगामी दिनमा कैदीबन्दीको उपचारमा नेल वा हतकडी नलगाउन आयोगले सरकारलाई निर्देशन दिएको हो। आयोगका निर्देशक मुरारिप्रसाद खरेलले विज्ञप्ति जारी गरेर चौधरीलाई उपचारको क्रममा नेल लगाइएको र हातहतियारसहितका सुरक्षाकर्मीको उपस्थिति रहेको अनुगमनमा पाइएको उल्लेख...
हुम्ला। मंगलबार कर्णाली नदीमा खसेको जिप अहिले सम्म पत्ता लागेको छैन्।हुम्लाको खर्पुनाथ गाउँपालिका–५ स्थित कर्णाली नदीमा बेपत्ता भएको जीप खोज्न सशस्त्र प्रहरी बल, कुरिनटारको गोताखोर टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । सशस्त्र प्रहरी निरीक्षक लक्ष्मणबहादुर बस्नेतको नेतृत्वमा ४ जनाको गोताखोर टोली घटनास्थलमा पुगेको हो ।हुम्लाको खार्पुनाथमा भएको जीप दुर्घटनामा बेपत्ता खार्पुनाथ गाउँपालिकाका उपाध्यक्षको झोला र अन्य कपडा फेला परेको छ। नेपाली सेना र प्रहरीले कर्णाली नदीमा पसेर खोजतलास गर्ने क्रममा झोला...
नेपालगन्ज । कर्णाली नदिमा जीप खस्दा १५ जना बेपत्ता भएका छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना यात्रु बेपत्ता भएका हुन्। बेपत्ता भएकामध्ये उपाध्यक्षसहित ६ जनाको नाम खुलेको छ। जसमा चन्द्र हमाल, चालक मणिराज शाही, वसन्ती शाही, नन्ददेवी सिंह, ढुक्पु भण्डारी रहेका छन्। लु१प ७१६६ नम्बरको जीप मंगलबार दिउँसो करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहकाय प्रहरी निरीक्षक मुरारी खरेलले बताए। घटनास्थलमा खटिएका प्रहरी...