कर्णाली नदिमा जीप खस्दा गाउँपालिका उप-प्रमुखसहित १५ जना बेपत्ता
प्रकाशित मिति : २०७६, ३ असार मंगलवार १७:५७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । कर्णाली नदिमा जीप खस्दा १५ जना बेपत्ता भएका छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाही हमालसहित १५ जना यात्रु बेपत्ता भएका हुन्। बेपत्ता भएकामध्ये उपाध्यक्षसहित ६ जनाको नाम खुलेको छ।
Advertisement
जसमा चन्द्र हमाल, चालक मणिराज शाही, वसन्ती शाही, नन्ददेवी सिंह, ढुक्पु भण्डारी रहेका छन्।
लु१प ७१६६ नम्बरको जीप मंगलबार दिउँसो करिब साढे १२ बजे बाटोबाट कर्णालीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाका सहकाय प्रहरी निरीक्षक मुरारी खरेलले बताए।
घटनास्थलमा खटिएका प्रहरी सहायक निरीक्षक सन्त बहादुर पालका अनुसार हालसम्म बेपत्ता भएका जीप र यात्रु फेला पर्न सकेका छैनन्।
घटनास्थलमा नेपाली ३० जना नेपाली सेना र १५ जनाको प्रहरी टोली पुगेको छ।
हुम्लाको सिमिकोटबाट खार्पुनाथ गाउँपालिकाको केन्द्रमा आउने क्रममा खार्पुनाथ गाउँपालिका– ५ कैलाबालुमा जीप दुर्घटना भएको हो।