कर्णाली प्रदेशमा रहेका समाचारहरु

सल्यानमा एक वडा कार्यालयमा आगजनी,महत्वपूर्ण कागजात जलेर खरानी

शंकर केसी/सल्यान । एक वडा कार्यालयमा आगजनी भएको छ।सल्यानमा अज्ञात समूहले एक वडा कार्यालयमा आगजनी गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं ३ को मुलखोलामा रहेको ३ नम्बर वडा कार्यालयमा अज्ञात समुहले मध्यरातमा आगजनी गरेको छ । आगजनी वाट कार्यालय पूर्ण रुपमा जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय लुहामले जानकारी दिएको छ । दुई वटा कोठामा रहेको वडा कार्यालयमा आगलागी हुँदा महत्वपूर्ण कागजात संगै ल्यापटप, कम्पुटर, फोटोकपी मेसिन, सोलार प्यानल,...

एसईईको नतिजा असारको दोश्रो साता आउने

नेपालगन्ज ।एसईईको नतिजा असारको दोश्रो साता आउने भएको छ।राष्ट्रिय परीक्षा बोर्डका अनुुसार गत वर्ष असार ९ गते नतिजा प्रकाशित भएकामा यस वर्ष प्रदेश २ को कारणले प्रकाशनमा केही दिन ढिलाइ हुन भएको  छ ।प्रदेश २ का प्रश्नपत्र परीक्षाअगावै सार्वजनिक भएपछि त्यहाँ पुनः परीक्षा भएको थियो ।बोर्डका परीक्षा उपनियन्त्रकका अनुसार, देशभरका उत्तरपुस्तिका परीक्षण सम्पन्न भएको छ । हाल नम्बर इन्ट्रीको काम धमाधम भइरहेकाले ढिलोमा असार दोस्रो सातासम्ममा नतिजा सार्वजनिक गर्ने...

यार्सागुम्बा टिप्न गएकाहरू रित्तो हात फर्के, ऋण तिर्न रोजगारीका लागि भारत जाँदै

डोल्पा ।नलगाड नगरपालिका–९ का कालीबहादुर ध्यार केही ऋण र सापटी गरेर यार्सागुम्बा संकलन गर्न डोल्पाको पाटन पुगे । त्यहाँ रहँदा लगाउने कपडा, आवश्यक खाद्यान्न र प्रवेश शुल्कसमेत गरी १५ हजारभन्दा बढी खर्च गरे । गाउँबाट पाटनसम्म जान चार दिन लागेको बताउने ध्यार अहिले रितो हात फर्किएका छन् । उनी १३ जेठमा डोल्पा गएका थिए । डोल्पाको ठुलीभेरी नगरपालिका–६ रूपपाटनमा चार दिनसम्म यार्सागुम्बा खोज्दा पनि नपाएपछि फर्किएको ध्यारको भनाइ छ । नलगाड नगरपालिकाका मोती ध्यारको हालत...

पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको छ।नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगमले भारतबाट आएको नयाँ सूचीअनुसार मूल्य समायोजन गरेको जानकारी दिएको छ। पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य घटाइएको निगमले जनाएको छ। हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत छ। आइतबार राति १२ बजेदेखि लागू हुने मूल्य घटाइएको हो। नयाँ मूल्य सूचीअअनुसार अब उपभोक्ताले पेट्रोल प्रतिलिटर १०८ रुपैयाँ, डिजल ९६ रुपैयाँ...

३१ हजार ६४२ जना कांग्रेस पार्टीमा प्रवेश

काठमाडौं । नेपाली कांग्रेसमा प्रबेश गर्नेको लहर चलेको छ।  चुुनाबमा पराजित भएको नेपाली कांग्रेस अहिले आफ्न्नो रफ्तारमा चलेको छ।नेपाली कांग्रेसले जागरण अभियानको पहिलो चरणले पार्टीप्रति आकर्षण र सरकारप्रति विकर्षण बढेको निष्कर्ष निकालेको छ । साथै दोस्रो चरणको अभियान सुरु गर्दा पार्टीको आन्तरिम संरचना निर्माण गर्नुका साथै नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठन गठन गरिने बताएको छ ।बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘जिल्ला, क्षेत्र, गाउँनगर र वडास्तरमा...

सुर्खेतमा एक पत्रकारको टिपरको ठक्करबाट मृत्यु

सुर्खेत ।सुर्खेतमा एक पत्रकारको दुर्घटनामा परि मृत्यु भएको छ।  सुर्खेतको भेरीगंगा नगरपालिका ८ लोदेमा टिपरको ठक्करबाट नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सहसचिव नन्दबहादुर गेलाङ्गको आज मृत्यु भएको हो। रुकुम पश्चिमबाट आइरहेको बा ५ ख १६८३ नम्बरको टिपरले छिन्चुदेखि मेहलकुनातर्फ जाँदै गरेका पत्रकार गेलाङ्ग सवार भे ८ प ७६०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ। आफ्नो साइडमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिएको र...

लोक सेवा आयोगको विज्ञापनमा आवेदन दिनेको संख्या ८२ हजार पुग्यो

काठमाडौं ।स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले खोलेको विज्ञापनमा आवेदन दिनेको संख्या १३ दिनमा ८२ हजार पाँच सय पुगेको छ। आयोगको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि आवेदन दिनेको संख्या बढिरहेको छ। आयोगका शाखा अधिकृत नारायणप्रसाद पोखरेलका अनुसार मंगलबार मध्यान्ह  सम्म ८२ हजार पाँच सयले अनलाइनबाट आवेदन दिएका छन्। ‘अनलाइनबाट आवेदन दिनेको संख्या बढ्दो छ,’ पोखरेलले  भने।आवेदन दिने म्याद अझै...

करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिएर शब उठाइयो

सल्यान  । करेन्ट लागेर मृत्यु भएपछि ५ लाख दिने सहमतिमा शब उठाइएको छ।सल्यानमा करेन्ट लागेर महिलोका मृत्यु भएपछि पाँच लाख क्षतिपुर्ती दिने सहमति भएको छ । बागचौर नगरपालिका वडा नं २ शेराचौरकी ३७ बर्षीया भूमी वलीको करेन्ट लागेर मृत्यु भएपछि विद्युत प्राधिकरण सल्यानले प्रचलित नियम अनुसार ५ लाख दिने सहमति भएको छ । उक्त सहमति पछि मात्रै आफन्तले शब उठाउन मानेका थिए । ईलाका प्रहरी कार्यालय थारमारेका प्रमुख एवं प्रहरी...

लोक सेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौं: संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी माग गर्दै लोकसेवा आयोगले निकालेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । समितिले संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितसँगको छलफल लगतै विज्ञापन रद्द गर्न निर्देशन दिएको हो । समानुपातिक समावेशी र सहभागितामूलक सिद्दान्त नअपनाइएको भन्दै चौतर्फी विरोध भएपछि स्थानीय तहका लागि कर्मचारी माग गर्दै आह्वान भएको विज्ञापन तत्कालका लागि स्थगित गर्ने विषयमा छलफल शुरु भएको थियो । संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा...

यार्सागुम्बा संकलन गर्न गएका ८ जनाको मृत्यु

डोल्पा । यार्सागुम्बा संकलन गर्न गएका ८ जनाको मृत्यु भएको छ।धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका लागि जाँदै गर्दा जुम्लाको पतारासी गाउँपालिका–६ का १७ वर्षीय गोपाल विष्टको शे–फोक्सुण्डो...