दुर्घटनामा एसपीको मृत्यु, सिडीओ गम्भीर घाइते
प्रकाशित मिति : २०७५, १२ माघ शनिबार २२:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
बारा । निजगढमा शनिबार कर्मचारी मिलन केन्द्रको पिकनिकमा गएर फर्किर्दै गर्दा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई चढेको गाडी दुर्घटनामा एसपीको मृत्यु भएको छ।
Advertisement
सहिद हिरालाल गौतमको स्मृति पार्कमा आयोजित पिकनिक सकेर फर्किदै गर्दा सिडिओ चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो गाडी दुर्घटनामा परेको हो। दुर्घटनामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको हो।
गाडीमा सवार सिडिओ गम्भीर घाइते छन् भने चालकसहित अन्य तीनजना घाइते छन्। सिडिओ सवार गाडी पथलैया निजगढ सडकखण्डको पसाहा पुलनजिक दुर्घटना भएको हो। सिडिओ सवार गाडी रोकिराखेको ट्याक्टरको ट्रेलरमा ठोक्किएर दुर्घटना भएको हो।
गाडी सडकबाट १० मिटर तल खसेको छ। दुर्घटनामा परेर सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए । अस्पताल पुर्याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
गम्भीर घाइते सिडिओ भट्टराईलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ । उनलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको प्रहरीले जानकारी दिएकाे छ।
घाइते सिडीओ गणेश भट्टराई
गाडी चालक जगत पट्टेल, सशस्त्र प्रहरी हवल्दार सञ्जयकुमार यादव, नेपाल प्रहरीका हवल्दार शम्भु गुरुङको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।