प्रदेश २मा रहेका समाचारहरु

सेनाले गरेका अपराधजन्य कार्यको प्रहरीले कारबाही गर्न पाउने

काठमाडौं । अबदेखि ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन। अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउने छ। मुद्दाको अभियोजन पनि अन्य नागरिक सरह सामान्य अदालतमा सरकारी वकिलले गर्नेछन्। सर्वोच्च अदालतको पूर्ण इजलासले स्पष्ट नजिर कायम गर्ने गरी बिहीबार यस्तो फैसला गरेको छ। फैसलापछि नागरिक प्रकृतिका सैन्य कसुर सैनिक अदालतको क्षेत्राधिकारबाहिर हुनेछन्। फैसलासँगै सैनिक ऐनले स्पष्ट किटानी गरेबाहेकका सबैखाले अपराधजन्य...

बाँके सिडीओमा कुमार बहादुर खड्का, मदन भुजेलको मोरङ सरुवा

काठमाडौं । गृह मन्त्रालयले ३१ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । बिहीबार मन्त्रालयले बाँके,काठमाडौं, ललितपुर, मोरङ, मकवानपुर, सुर्खेत लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु सरुवा गरेको हो । बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी( सिडीओ)  मदन भुजेलको मोरङमा सरुवा भएको छ  भने बाँकेमा  कुमार बहादुर खड्काको सरुवा भएको छ। खड्कालाई अध्यागमन कार्यालयबाट बाँके सरुवा गरिएको हो।गृहका महादेव पन्थको रुपन्देही सरुवा भएको छ। मोरङका रमेश केसीको कास्कीमा सरुवा भएको छ। दीर्घनरायण पौडेललाई...

आत्महत्या दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखियो

काठमाडौं । कार्यविधि नहुँदा मुलुकी अपराध संहिता, २०७४ को ज्यानसम्बन्धी महलको दफा १८५ मा कार्यान्वयनमा जटिलता उत्पन्न भएको छ। सोही दफामा टेकेर आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै मुद्दा पर्ने क्रम बढे पनि व्याख्या नहुँदा न्याय निरुपणको जटिलता बढ्दै गएको हो। एक वर्षअघि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता कार्यान्वयन गर्न बन्नुपर्ने कार्यविधि अहिलेसम्म बनेको छैन। कार्यविधि वा नियमावली नबन्दा र अदालतले समेत त्यसबारे व्याख्या नगर्दा दुरुत्साहनसम्बन्धी कानुन नै अपूर्ण देखिएको...

एकै महिनामा प्रदेश दुईमा २७ जना प्रहरी कार्वाहीमा

जनकपुर।   दुई नम्बर  प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक प्रद्युम्नकुमार कार्कीले गलत काम गर्ने प्रहरीलाई कारवाही गर्न आफ्नो हात नकाँप्ने बताएका छन् । प्रदेश २ को प्रहरी प्रमुख भएर आएको करिब दुई महिनापछि  अन्तरक्रिया गर्दै कार्कीले गल्ती गर्ने र आचरण विरुद्व काम गर्ने प्रहरीलाई कारवाही गरिने बताए ।गलत गर्नेलाई कारवाही गर्दा मेरो हात काँप्दैन,’ कार्कीले भने, ‘पछिल्लो साउन महिनामा मात्रै २७ जना प्रहरीलाई कार्वाही गरिएको छ ।’ उनले चालू आर्थिक बर्षको...

७६ जना सहसचिवलाई प्रदेशमा खटाईयो

काठमाडौं ।विभिन्न मन्त्रालयका  ७६ जना सहसचिवलाई प्रदेशमा खटाइएको छ।प्रशासन सेवाका ५०, वन सेवाका १०, इञ्जिनियरिङ सेवाका नौ र कृषि सेवाका सात जना सहसचिवलाई प्रदेश खटाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। निवृत्तिभरणका लागि छ महिना मात्रै बाँकी रहेको र बढुवाको प्रक्रियामा रहेका सहसचिवलाई भने प्रदेशमा खटाइएको छैन। मन्त्रालयका अनुसार  सहसचिवहरूलाई प्रदेशमा खटाएको हो।अधिकांश केन्द्र सरकार मातहत मन्त्रालयमा कार्यरत सहसचिवलाई प्रदेश मन्त्रालयहरूमा पठाइएको छ। संघीयतापछि एकैपटक यति ठूलो संख्यामा सहसचिव पहिलोपटक...

मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु, एक घाइते

बिरगंज । दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको । अर्का १ व्यक्ति घाइते भएका छन्।पर्साको पर्सागढी नगरपालिकामा जितपुरतर्फ जाँदै गरेको ना ४८ प १३६४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना २२ प ८१६१ नम्बरको मोटरसाइकल सवैयामा ठोक्किएर दुर्घटना भएको हो । आइतबार साढे ९ बजे भएको दुर्घटनामा पर्सागढी नगरपालिका–३ बस्ने ३८ वर्षीय बागबहादुर लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । दुर्घटनामा घाइते लामालाई गण्डक...

सिडीओलाई फेसबुकमा गाली गर्ने एक युबक पक्राउ

(पर्सा) बिरगंज  ।  पर्सा जिल्लाका सिडीओलाई  फेसबुक मार्फत गाली गलौच गर्ने एक जनालाई  प्रहरीले पक्राउ गरेको छ।  पर्सा जिल्लाका  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फेसबुक मार्फत गाली गलौज गर्ने बारा सिम्रौनगढ नगरपालिका वडा नं ७ खजानी घर भएका २५ बर्षका सन्नीकुमार गुप्तालाई पक्राउ गरिएको हो ।गुप्ता कंकाली अटो ट्रेडर्सका सञ्चालक हुन् । उनले  फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारी (सिडीओ)भट्टराईलाई गाली गलौज गरेकोले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको...

देशभर तीन दिनसम्म चट्यांगसहित वर्षा हुने

नेपालगन्ज ।आज देशभर मेघ गर्जन र चट्यांगसहित वर्षा हुने मौसमविदले बताएका छन् । देशको मध्य तथा पश्चिमी भूभागका थोरै स्थानमा भारी वर्षा र पूर्वी तराईका जिल्लामा हावाहुरीको सम्भावना छ ।त्यसैले चट्यांगबाट जोगिन तथा मध्य, पश्चिम र पूर्वी तराईका जिल्लामा यात्रा गर्दा सतर्कता अपनाउन सुझाव दिएका छन्।मौसम विज्ञान विभागले शनिबार बिहान जारी गरेको बुलेटिनमा लेखिएको छ। देशभरी सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने सम्भावना...

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

नेपालगन्ज । आज देशैभर श्रीकृष्ण जन्माष्टमी पर्व  भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ ।ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ ।कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजीनामा

जनकपुर। नेकपा नेता प्रभु साहले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । नेता प्रभु साहले प्रदेश २ नेेेकपा अध्यक्षबाट राजीनामा दिएका हुन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर उनले प्रदेश अध्यक्ष पदबाट राजीनामा दिएका हुन्।स्थायी कमिटी सदस्यका प्रवल दाबेदार मानिएका साहको नाम कमिटीमा नपरेपछि उनी असन्तुष्ट थिए । तर पनि पार्टी एकीकरणलाई निष्कर्षमा पुर्याउन उनी मौन बसेका थिए । प्रदेश अध्यक्षको जिम्मेवारी पाइसकेपश्चात पनि उनलाई भूमिकाविहीन बनाइएको थियो ।...