प्रदेश २मा रहेका समाचारहरु

आज देशैभर रक्षाबन्धन पर्व मनाइदै

नेपालगन्ज ।आज देशैभर रक्षाबन्धन पर्व मनाइदै छ। रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार...

जनप्रतिनिधि पुत्र घुससहित रङ्गेेेेेेेेेेहात पक्राउ

जनकपुर । जनप्रतिनिधिका पुत्र घुससहित रङ्गेेेेेेेेेेहात पक्राउ परेका छन्।महोत्तरीका एक जनप्रतिनिधिका छोरा जनकपुरधामबाट घूससहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका ९ पिडारी चोकस्थित राष्ट्रिय बाणिज्य बैंक अगाडिबाट महोत्तरीको भंगहा नगरपालिका ८ का सदस्य कारी साहका पुत्र मुकेश घूससहित मंगलबार पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले वडा सदस्य साहका पुत्र मुकेशलाई १ लाख ६० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ । सडक ढलान गरेको उपभोक्ता समितिका पदाधिकारीको बिल...

एमबीएसको प्रश्नपत्र आउट गरेको आरोपमा तिनजना पक्राउ

जनकपुर ।एमबीएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका ४ बाट ३ जनालाई पक्राउ गरेको छ ।परीक्षा हलबाटै म्यासेन्जरबाट प्रश्नपत्र आउट गरी फोटोकपी गर्दै गरेको अवस्थामा स्‍थानीय ३० वर्षका लीलाराज शिवभक्तिसहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको हो ।राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबीएस प्रथम सेमेस्टरको तथ्याङ्कशास्त्र बिषयको परीक्षा सुरु भएपछि परीक्षा हलबाटै प्रश्नपत्र म्यासेन्जरबाट आउट गरी नजिकै रहेको सुजितकुमार मण्डलको फोटोकपी सेन्टरमा गई फोटोकपी गराइरहेको सूचनाको...

नायब सुब्बाको सुसाइड नोट-“२०० बर्ष बाँच्नुस् अख्तियार प्रमुखज्यू”

काठमाडौं ।  एक जना नायब सुब्बाले आत्महत्या गर्दै दुई पृष्ठ लामो सुसाइड लेख्दै अख्तियार प्रमुखलाई २०० बर्ष बाच्न भनेका छन् ।भ्रष्टाचारी मुद्दामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा धाइरहेका मालपोत कार्यालय कलंकीका तत्कालीन नायब सुब्बा हरि आचार्यले आत्महत्या गरेका छन्। आइतबार बिहान उदयपुरको त्रियुगा नगरपालिका ९ को रातामाटेको जंगलमा उनले झुन्डिएर आत्महत्या गरेका हुन्। सोही नगरपालिका १० घर भएका उनी काठमाडौंबाट शनिबार उदयपुर गएका थिए। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक...

ढुंगा गिट्टी संकलन प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई

नेपालगन्ज ।सरकारले ढुंगा गिट्टी उत्खनन् तथा संकलनसम्बन्धी प्रारम्भिक वातावरणीय प्रतिवेदन स्वीकृत गर्ने अधिकार जिल्ला समन्वय समितिलाई प्रत्यायोजन गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन १९ को मन्त्रिस्तरीय निर्णयबाट मन्त्रालयमा रहेको अधिकार समन्वय समितिलाई प्रत्यायोजन गरेको हो। मन्त्रालयले ढुंगा–गिट्टी उत्खनन् तथा संकलन गरिने स्थानीय सरकारको प्रस्तावमा वातावरण ऐन र नियमावलीले तोकेका प्रक्रिया र सर्त पूरा गरेर वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत गरी अनुमति दिने बाटो खोल्ने अधिकार समितिलाई दिएको हो। मन्त्रालयको...

३१ लाख लाग्ने एमबीबीएसमा ८० लाख सम्म असुल्छन् मेडिकल कलेज

काठमाडौं । मिनी संसद्को रूपमा रहेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएस अध्ययनका लागि ३१ लाख रुपैयाँसम्म निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने अन्तिम तयारी थालेको छ । समितिले प्रतिवेदनमार्फत एमबीबीएस अध्ययनका लागि २८ देखि ३१ लाखसम्म मात्रै लिन पाउने व्यवस्था गराउन सरकारलाई निर्देशन दिने तयारीसमेत थालेको छ । मेडिकल शिक्षा (एमबीबीएस) अध्ययनका लागि २८ लाखदेखि ३१ लाखसम्म शुल्क निर्धारण गर्ने गरी प्रतिवेदन ल्याउने तयारी भइरहेको मेडिकल कलेजको शुल्क विवादलगायत...

ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो

काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार  ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...

मेयर र उपमेयर बिच झडप ,उप-प्रमुख झा घाइते

जनकपुर। मेयर र उपमेयरको बिबादको बिषयले मंगलबार झडप भएको छ।धनुषाको हँसपुर नगरपालिकाका मेयर र उपमेयरबीच कार्यालय सार्ने विषयलाई लिएर विवाद चर्किएको छ।धनुषा प्रहरीका अनुसार मेयर प्रमुख रामज्ञान मण्डल पक्षधर र उप्रमुख रेणु झा पक्षधरबीच ढुंगा हानाहान हुँदै झडप भएको हो। हँसपुर नगरपालिकको साबिकको कार्यालयबाट सामान सार्न गएको मेयर मण्डल र झा समूहबीच ढुंगा हानाहान भएको र त्यसपछि झडप भएको प्रहरी उपरीक्षक शेखर खनालले बताए। झडप नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज र...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

कांग्रेस पहिलो पार्टी हुन्छ तर सबै कार्यकर्ता एकजुट हुनुपर्छ: महामन्त्री कोइराला

सर्लाही  ।नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सङ्गठन अहिले राम्रो ढङ्गले चल्न नसकेको बताएका छन् । पार्टीमा गुटउपगुट र विभिन्न किसिमका नराम्रा पक्षहरु रहेका महामन्त्री कोइरालाले बताए । आइतवार सर्लाहीको लालबन्दीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्वोधन गर्दै कांग्रेस महामन्त्री कोइरालाले आगामी दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सङ्गठनलाई सुधार गर्न जरुरी रहेको बताए । पार्टीको गढ मानिने प्रदेश २ मै अहिले कांग्रेसको दुर्दशा रहेको भन्दै महामन्त्री कोइरालाले गुटउपगुटले कांग्रेसलाई सबैतिर ध्वस्त गराएको...