प्रदेश २मा रहेका समाचारहरु

मेडिकल कलेजहरूमा अझै चर्को शुल्क असुली धन्दा यथाबत

काठमाडौँ । चिकित्सा शिक्षाका विकृति रोक्न ६ महिनाअघि छुट्टै ऐन जारी गरिए पनि कार्यान्वयन प्रभावकारी नहुँदा विद्यार्थीमाथि मेडिकल कलेजहरूको चर्को शुल्क असुली यथावत् छ । चिकित्सा शिक्षा आयोगले पूर्णता नपाइसकेको र विश्वविद्यालयको अनुगमन फितलो भइरहेको मौका छोपेर कलेजहरूले मनपरी असुलिरहेका हुन् ।निजी मेडिकल कलेजले सरकारले तोकेभन्दा लाखौं बढी लिँदै आएका छन् । शुल्क फिर्ताको माग गर्दै चितवन मेडिकल कलेज भरतपुर र गण्डकी मेडिकल कलेजका विद्यार्थी पुनः आन्दोलनमा उत्रिएका छन् । सरकारले उपत्यकाभित्र एमबीबीएस अध्ययन...

उच्च प्रहरी अधिकृतसहित एक हजार आठ सय प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीमा गत बर्ष एक हजार आठ सय प्रहरीहरु कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा जवानदेखि उच्च अधिकृत सम्म रहेका छन् । गत आर्थिक वर्ष ०७५/७६ मा कारबाहीमा परेका हुन्।प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २ सय ४९ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । नोकरीबाट हटाइएका व्यक्ति भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिँदैनन् । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका...

पानीमा डुबेर ३ जना बालिकाको मृत्यु

रौतहट । रौतहटमा पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको छ। माछा मार्न गएका इशनाथ नगरपालिका १ वन्जराहाका तीन बालकको शव पानीमा डुबेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा बृजनन्दन यादवका १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साहका ७ वर्षकी छोरी सरिता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले बताए धान खेतसँगै को खाल्डोमा माछा मार्न गएका तीन बालिका डुवेका थिए...

दुई पक्षबीच विवाद हुँदा प्रहरीले ६ राउण्ड गोली चलायो

जनकपुर । रौतहटमा दुई पक्षबीच विवाद हुँदा प्रहरीले गोली चलाएको छ। राजुर नगरपालिका–६ स्थित मोहर्म मनाउने क्रममा मुस्लिम समुदायका केही युवाले बुधबार साँझ छठ घाटमा बनाएको मूर्ति भत्काएर झण्डा गाड्न खोजेपछि विवाद हुँदा प्रहरीले हवाई फायर गरेको हो । तनाव बढेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाई फायर गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। प्रहरीले बल प्रयोग गरेपछि भिड तित्तरबित्तर भएको र परिस्थिति सामान्य बनेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी...

आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटयो

काठमाडौं । आजदेखि पेट्रोलियम पदार्थको मूल्य घटेको छ।पाइपलाइन उदघाटनको पूर्वसन्ध्यामा नेपाल आयल निगमले प्रमुख तीन इन्धनको मूल्य घटाएको छ । पेट्रोल डिजेल र मट्टीतेलको साविक मूल्यमा २ रुपैयाँ घटाइएको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिए ।नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झरेको छ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो । आज दिउसो १२...

दाइजोमा मोटरसाइकल नदिएको भन्दै श्रीमानले गरे श्रीमतीको हत्या

चन्द्रनिगाहपुर । दाइजो नदिएको भन्दै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । दाइजोमा  मोटरसाइकल नदिएको भन्दै रौतहटको राजपुर नगरपालिका ७ अकोलवामा एक महिलाको हत्या भएको छ। २५ वर्षीया सन्जु देवीको हत्या भएको हो ।मृतक सन्जुका बुवा अविलास सहनीले प्रहरीमा दिएको किटानी जाहेरीका अनुसार ज्वाइँ रामबाबुले दाइजोमा मोटरसाइकल नपाएको भन्दै कुटपिट गर्दथे ।केही महिनाअघि कान्छी छोरीको बिहे गर्दा मोटरसाइकल दाइजो दिएको देखेपछि रामबाबुले सन्जु मार्फत् आफूलाई पनि मोटरसाइकल चाहियो भनेर माग्ने...

एउटैै जिल्लामा एकैदिनमा तीन जनाद्वारा झुण्डिएर आत्महत्या

पर्सा । एउटैै जिल्लामा एकैदिनमा तीन जना झुण्डिएर आत्महत्या गरेका छन् ।पर्सा जिल्लाका विभिन्न स्थानमा  तीन जना महिलाले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।वीरगञ्ज महानगरपालिका २७ कुहडीकी ४५ बर्षीया रीखिया देवी महतो आफ्नै कच्ची घरको बलोमा कपडाको पासो लगाई झुण्डिएकी थिइन् । उनको झुण्डिएर मृत्यु भइसकेको खबर पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोली घटना स्थल पुगेको थियो । महतोको शव पोष्टमार्टम पछि परिवारको जिम्मा...

एक जना स्कुले किशोरी माथी एसिड प्रहार

पर्सा। एक जना स्कुले किशोरीमाथी एसिड प्रहार भएको छ। वीरगञ्ज महानगरपालिकामा १५ वर्षीया किशोरीमाथि शुक्रबार बिहान एसिड प्रहार भएको छ।बिहान ६ बजेतिर त्रिभुवन हनुमान माविमा कक्षा ९ मा पढ्ने मुस्कान खातुनमाथि एसिड हानिएको हो।महानगरपालिकाको वडा नम्बर ६ स्थायी घर भएकी खातुन अहिले वडा नम्बर ३ स्थित मामाघरमा बस्दै आएकी थिइन्।सोही स्थानका सम्साद मिया तथा माजिद आलमले विद्यालय जाँदै गरेकी खातुनलाई गणेशमान चोकमा एसिड प्रहार गरेको पर्सा एसपी सोमेन्द्र सिंह...

तत्कालका लागि सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको झिक्न पाईने

काठमाडौं।  तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने  भएको छ। चिनियाँ ह्याकरले एटिएमबाट झिकेको पैसा ब्यक्तिगत खाता नभई सिस्टमबाट सिधै झिकेको देखिएको छ। ब्यक्तिगत खाता प्रयोग नभएको र ह्याकर पक्राउ परिसकेको अवस्थामा ब्यक्तिगत खाता सुरक्षित रहेको राष्ट्र बैंकले जनाएको छ। तत्कालका लागि सुरक्षालाई ध्यानमा राखेर सम्बन्धित बैंकको एटिएमबाट मात्र पैसाको करोबार गर्न पाईने बनाईएको छ। सिस्टम ह्याक भए पछि यस्तो निर्णय गरिएको हो। नबिल बैंकको एटिएम...

देशका अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द

काठमाडौं ।अधिकांश बैंकका एटीएम सेवा अनिश्चितकालका लागि बन्द भएका छन् । एटिएमबाट पैसा निकाल्न नपाउँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नेपाल राष्ट्र बैंकले एनआईसी एसिया र प्रभु बैंकको एटीएम सर्भर डाउन भएको पुष्टि गरेको छ । प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भने, ‘यसबाहेक अरु बैंकमा पनि समस्या आएको छ र समाधानको कोसिस भइरहेको छ’। एटीएमबाट अनधिकृत रुपमा पैसा निकाल्ने गिरोहले बैंकिङ प्रणाली नै ह्याक गरेकाले एटीएम नचलेको प्रारम्भिक अनुमान गरिएको छ ।काठमाडौं...