मुख्यमन्त्री कार्यालय,अस्पताल लगायत प्रहरी कार्यालय नै डुबानमा परेपछि…
प्रकाशित मिति : २०७६, २७ असार शुक्रबार १०:५४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
जनकपुर। अस्पताल लगायत मुख्यमन्त्री कार्यालय डुबानमा परेपछि सेवा ग्राहीलाई त्यहाँ सम्म पुग्न कठिनाइ भएको छ।बुधबार रातिदेखि भइरहेको अविरल वर्षाले प्रदेश दुईको अस्थायी राजधानी जनकपुरधाम जलमग्न भएको छ ।
Advertisement
जनकपुरधामका प्रायः सडक छेउमा रहेको घर तथा सरकारी कार्यालयहरूमा पानी जमेको छ। अविरल वर्षाका कारण मुख्यमन्त्री कार्यालय, ऐतिहासिक रंगभूमि मैदान बाह्रबिघा मैदान, रामानन्द चोक, जिल्ला प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताललगायत स्थान जलमग्न भएको छन्।
एकीकृत शहरी विकास परियोजनाको ऋण सहयोगमा करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नवनिर्मित भवनको आकस्मिक कक्षमा समेत पानी पसेको छ। आकस्मिक कक्षको छत चुहिएका कारण पानी जमेको त्यहाँका कर्मचारीहरूलाई बताएका छन्।
अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलनको काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।
एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाअन्तर्गत नगरका सडकहरू बनाइएका कारण सडकमा पानी जमेको त छैन तर पानी निकास नभएका कारण घर घरमा पानी पसेको छ। ढल व्यवस्थापन नभएकै कारण पानीको बहाव रोकिएको छ।
त्यस्तै जनकपुर उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोक, विश्वकर्मा चोक, कदम चोकमा समेत पानी जमेको छ।
श्रोत : सेतोपाटी