गृहमन्त्रालयले गर्यो ११ जिल्लाका सिडिओहरुको सरुवा
प्रकाशित मिति : २०७६, १४ श्रावण मंगलवार १०:००
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं । ११ जिल्लाका सिडिओहरुको सरुवा भएको छ। गृहमन्त्रालयले ११ सिडियोसहित २५ जनाको सरुवा तथा पदस्थापन गरेको हो ।सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतलाई सुनसरी सरुवा गरिएको छ । सर्लाहीमा मोहनबहादुर जिसीलाई कामु सिडिओको जिम्मेवारी दिइएको छ ।यसैगरी दैलेखमा युवराज कट्टेल, सोलुखुम्बुमा वेधनिधि खनाल, तेह्रथुममा चन्द्रकला ओली, म्याग्दीमा ज्ञाननाथ ढकाल र पूर्वी रुकुममा वेधनिधि अधिकारीलाई सिडिओ बनाएर पठाइएको छ ।
Advertisement
कृष्णप्रसाद पन्थ प्युठान, कृष्णचन्द्र पौडेल कालिकोट, पुष्पराज पौडेल मनाङ र डोरेन्द्र निरौला ताप्लेजुङको सिडिओ बनेका छन् ।उपसचिव अनुज भण्डारी मोरङ, वद्रीनाथ गैरे नुवाकोट, तुल्सीराम पौडेल गोरखा, रामेश्वर अर्याल तनहुँ र लक्ष्मीदेवी हुमागाईंलाई काभ्रेको सहायक सिडिओ बनाएर पठाइएको छ ।
यसैगरी अध्यागमन विभागमा लिलाधर अधिकारी र रुद्रनाथ देवकोटालाई पठाइएको छ । लक्ष्मीप्रसाद बास्कोटा केन्द्रीय कारागार सुन्धारा र शम्भुप्रसाद रेग्मी राष्ट्रिय परीचयपत्र तथा पञ्जीकरण विभागमा सरुवा भएका छन् ।खुमकान्त आचार्य इलाका प्रशासन कार्यालय साँखु र चन्द्रबहादुर कार्की इलाका प्रशासन कार्यालय धरानमा सरुवा भएका छन् ।