प्रदेश ३मा रहेका समाचारहरु

यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालक कारवाहीमा

काठमाडौं ।ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो । महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी...

ग्यासको मूल्यमा २५ रुपैयाँ घटयो

काठमाडौं । ग्यासको मूल्य २५ रुपैयाँ घटेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले मंगलबार  ग्यासको मूल्य घटाएको हो।वाणिज्य सचिव केदारबहादुर अधिकारीका अनुसार यसअघि ग्यास प्रतिसिलिण्डर १४ सय रुपैयाँ थियो। सरकारले २५ रुपैयाँ घटाएपछि अब ग्यास सिलिण्डर १३ सय ७५ रुपैयाँ कायम भएको छ। यसैगरी, मन्त्रालयले पेट्रोल र डिजेलको मूल्य समायोजन गरेको छ। सो अनुसार पेट्रोलमा एक रुपैयाँ बृद्धि गरिएको छ। जसअनुसार १०८ रुपैयाँमा पाइने पेट्रोलमा एक रुपैयाँ बढेको छ। यस्तै, डिजेलमा...

पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत भेटिए

चितवन।माउण्टेन टिभी काठमाडौँमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत भेटिएका छन् । चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कङ्गारु होटलमा झुण्डिएको अवस्थामा पुडासैनी भेटिएका हुन् । उनी सोमबार दिउँसो ३:३० बजेको समयमा सो होटलको २०२ नं कोठामा बास बसेका थिए । खाना खान बोलाउन होटलका कर्मचारी पुग्दा कोठा भित्रबाटै बन्द रहेको र ढोका नखोलेपछि राति १० बजे प्रहरीलाई खबर गरिएको थियो । प्रहरीको रोहबरमा ढोका खोल्दा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा फेला परेको चितवन प्रहरीले जनाएको...

प्रमुख सत्तारूढ दल ‘नेकपाको कार्यालय’ नै सरकारी जग्गामा

काठमाडौँ । प्रमुख सत्तारूढ दल नेकपाले ‘सरकारी जग्गा भोगाधिकार र लिजसम्बन्धी कार्यनीति’ उल्लंघन गर्दै सरकारी जग्गा र त्यसमा बनेको भवनमा पार्टी केन्द्रीय कार्यालय सञ्चालन गरिरहेको छ । भोगाधिकार पाएको पासाङल्हामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराहीस्थित ३ रोपनी ७ आना २ पैसा सरकारी जग्गामा नेकपालाई पार्टी कार्यालय सञ्चालन गर्न दिएको हो । सरकारबाट भोगाधिकार प्राप्त निकायले आफूले पाएको जग्गा तेस्रो पक्षलाई भाडामा दिन पाउँदैन । नेकपाले प्रतिष्ठानसँग सम्झौता गरेर मासिक २ लाख २५ हजार रुपैयाँ भाडा तिरिरहेको...

नर्सिङ पढाउने कलेजले अबदेखि एक सय शैयाको अस्पताल अनिवार्य सञ्चालन गर्नुपर्ने

नेपालगन्ज । नर्सिङ पढाउदै आएका कलेजले अबदेेखि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुपर्ने भएको छ। ५० शैया सञ्चालनका लागि स्वीकृति लिएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाउँदै आएका कलेजलाई यो नियम लागू भएको हो।नेपाल नर्सिङ परिषद्ले आर्थिक वर्ष २०७७/७८ भित्रमा आफ्नै एक सय शैया अस्पताल सञ्चालन गर्न निर्देशन दिएको हो।‘५० शैया मात्र स्वीकृत भएको सरकारी वा निजी अस्पताल देखाएर ४० जना विद्यार्थी भर्ना भई सञ्चालनमा रहेको सम्पूर्ण नर्सिङ कलेजलाई...

अधिकृतसहित तीनजना अख्तियारको फन्दामा

टीकापुर( कैलाली ) ।उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, मकवानपुरका आठौं तहका अधिकृत चन्दनकुमार अमात्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, हेटौंडाबाट खटिएको विशेष टोलीले  ५० हजार रुपैयाँ घुस रकम सहित रंगेहात नियन्त्रणमा लिएको हो। सेवाग्राही सग काम मिलाइदिने भन्दै घुसलिदै गर्दा उनलाई पक्राउ गरेको हो। त्यस्तै मालपोत कार्यालय टीकापुर कैलालीका नायव सुब्बा र खरिदारलाई अख्तियारले घुस रकमसहित रंगेहात नियन्त्रणमा लिएको छ ।मालपोत कार्यालय, टीकापुर कैलालीका नायव सुब्बा सिंह बहादुर कुँवर र खरिदार...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४ किलो सुुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरी  ४ किलो सुुनबरामद भएको छ। ४ किलो अवैध सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित ली निंछीलाई पक्राउ गरेको छ।हङकङ हुँदै काठमाडौं आएका उनको लगेजमा सुन भेटिएको हो। उनलाई पक्राउ गरि आबश्यक अनुशन्धान भइरहेको प्रहरी आयुक्तको कार्यालयले जानकारी दिएको छ। ...

रेडबुलले खचाखच भरिएको ट्रक त्रिशुली नदीमा बेपत्ता

चितवन ।रेडबुलले खचाखच भरिएको एक ट्रक त्रिशुली नदीमा बेपत्ता भएको छ।जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज बिहान करिब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो ।इच्छाकामना गाउँपालिका ६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । सडकबाट तल झरेको ट्रकको खोजीकार्य जारी रहेको  प्रहरीले जनाएको छ । ट्रक चालक  ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न...

सेटिङमा नयाँ बसपार्क कब्जा गरेर सन्चालनमा

काठमाडौं । काठमाडौं महानगरपालिका र गोंगबुस्थित नयाँ बसपार्क सञ्चालक ल्होत्से बहुउद्देश्यीय प्राइभेट लिमिटेडबीच १६० रोपनी सरकारी जग्गा हडप्ने गरी गैरकानुनी ‘पूरक सम्झौता’ भएको फेला परेको छ। ल्होत्सेले मूल सम्झौताविपरीत नयाँ बसपार्कमा गैरकानुनी रूपमा बनाएको व्यापारिक संरचनालाई वैधता दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन पदाधिकारीको सहारा लिएको थियो। आयोगका तत्कालीन पदाधिकारी र ल्होत्सेका सञ्चालकको मिलेमतोमा आयोगले आटनो क्षेत्राधिकारबाहिर गई २०६६ सालमा ‘अनुचित कार्य’ को दफा प्रयोग गरेर पूरक सम्झौता गराएको...

मंसिरभित्र कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्ने

काठमाडौं । मंसिरभित्र  नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने भएको छ।नयाँ सदस्यता बाँड्ने र पुराना सदस्यता नवीकरण गर्ने काम सकेपछि केन्द्रीय कार्यसमिति बैठकले १४ औं महाधिवेशनको मिति घोषणा गर्ने सहमति भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले नै महाधिवेशनको कार्यतालिका प्रकाशित गर्नुपर्ने अडान राखेपछि सभापति शेरबहादुर देउवाले कार्यकाल सकिन सात महिना बाँकी हुँदा नै महाधिवेशनको मिति तय गर्न नसकिने बताएका थिए। सभापति देउवा, वरिष्ठ नेता पौडेल...