प्रदेश ३मा रहेका समाचारहरु

प्रधानमन्त्री ओलीको आज विमानस्थलमा अवतरणले सबै उडान ३५ मिनेट बन्द

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सबै उडानहरु आज ५ बजेर १५ मिनेटदेखि ५ बजेर ४५ मिनेट सम्मका लागी बन्द गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओली भारतबाट शुक्रबार साँझ फर्किँदैछन् । त्रिभूवन विमानस्थलले यसका लागि ‘नोटाम’ जारी गरिसेको छ । प्रधानमन्त्री  केपी शर्मा ओली भारतको निम्तो ग्रहन गरेर  आज ५ बजेर ४५ मिनेटमा काठमाडौं अवतरण गर्दैछन् । विमानस्थलका अनुसार प्रधानमन्त्री आइपुग्नु भन्दा १५ मिनेट अघिदेखि २० मिनेट पछिसम्म विमानस्थलमा अन्य उडान तथा अवतरण...

ईदुल फित्रको दिन जेठ २३मा सार्वजनिक बिदा

नेपालगन्ज । जेठ २३ गते सार्बजनिक बिदा हुने भएको छ।सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठकको पछिल्लो निर्णयबारे जानकारी  बिहीबार आयोजित पत्रकार सम्मेलनमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय भएको बताउनुभयो । मुस्लिम आयोगको सिफारिसमा ईदुल फित्रको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि सरकारले जनाएको छ । यस वर्ष आगामी जेठ २३...

सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेरको निधन

काठमाडौं । सोल्टी होटलका एक संचालकको निधन भएको छ।सोल्टी होटलका अध्यक्ष प्रभाकर शम्शेर जङ्ग बहादुर राणाको हृदयघातका कारण निधन भएको छ। उनको उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा दुई दिन अगाडी निधन भएको हो। टाटा मोट्रसको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहेका राणा विगत १० महिनादेखि विरामी थिए। उनको शरीरको तल्लो ढाडमा सम्स्या आएपछि त्यसको सामान्य शल्यक्रिया गरिएको थियो तर सो शल्यक्रिया बिग्रियो। त्यसपछि दोश्रो पटक शल्यक्रिया गर्दा पनि समस्या आयो। त्यसपछि थप...

नेपालगञ्जका पत्रकार प्रिया स्मृति ढकाल पुरस्कृत

नेपालगञ्ज ।नेपालगञ्जमा कार्यरत एक जना पत्रकार पुरस्कृत भएका छन् । पुरस्कृत हुनेमा प्रिया स्मृति ढकाल रहेका छन् । उनी  सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका हुन् ।सामुदायिक रेडियो प्रसारक संघले सञ्चालन गरेको सामुदायिक सूचना नेटवर्क(सिआइएन) ले पहिलो पटक आफ्नो दशौं बार्षिकोत्सबमा प्रदान गरेको सामुदायिक रेडियो पत्रकारिता पुरस्कारबाट ढकाल पुरस्कृत भएका हुन् । उनी रेडियो सद्भावका समाचार प्रमुख हुन् । राजधानीमा आज आयोजित सिआइएनको बार्षिकोत्सब समारोहमा सभामुख कृष्ण बहादुर महराले ढकाललाई पुरस्कृत...

बम विस्फोटमा ज्यान गुमाउने विप्लव कार्यकर्ताको नाम सार्वजनिक

काठमाडौँ । काठमाडौँको सुकेधारा र घट्टेकुलोमा हिजो अपराह्न भएको विस्फोटमा ज्यान गुमाउनेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । घट्टेकुलोको घटनामा नेत्रविक्रम चन्द नेतृत्वको विद्यार्थी नेता प्रज्जवल शाहीको निधन भएको प्रहरीले पुष्टि गरेको छ । यस्तै घट्टेकुलोमा रविन केसी घाइते भएका थिए । उता सुकेधाराको घटनामा कालिकोटका २८ वर्षका विभुराम विक भन्ने दिपेन बिक, करिब ४५ वर्षका निरन्तर मल्ल र दाङको बबई नगरपालिकाका ३२ बर्षीय गोकुल रानामगरको निधन भएको प्रहरीले जानकारी दिएको...

ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु, दुईजना घाइते

चितवन ।ट्रकमा करेन्ट लाग्दा २ जनाको मृत्यु भएको छ। गाडीमा सवार अन्य २ जना घाइते भएका छन् ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरीको कोगटेखोला नजिक गुडिरहेको ट्रकमा करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । बाग्मतीको पानी प्रयोग गरी बिधुत उत्पादनको तयारीमा रहेको सिस्नेरीमा रहेको माण्डु हाइड्रोपावरका लागि विद्युतीय सामग्री बोकेर आयोजनास्थलतर्फ जाँदै गरेको ना७ख ९३२६ नम्बरको लहरी ट्रकले ११ हजार भोल्टेजको हाइटेन्सन...

गृहमन्त्रीले भने: बम विस्फोटमा नागरिक मारिएका छैनन्, कांग्रेस सांसदको प्रश्न: नागरिक नभए कुन देशका हुन्?

काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा मर्ने नागरिक नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको बताए। ‘उनीहरू नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको कार्यकर्ता हुन्,’ मन्त्री थापाले भने। तर प्रतिनिधि सभामा कांग्रेस सभासद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को होरु...

बन्दमा गाडी चलाएको भन्दै बिप्लब कार्यकर्ताले दुई ट्रक जलाए

चितवन । बन्दमा गाडी चलाएको भन्दै बिप्लब कार्यकर्ता सवारी साधन जलाएका छन् । उनिहरुले मकवानपुरको चौकी टोल र खानीगाउँमा दुई ट्रकमा आगजनी गरेका छन्  । बन्दको अवज्ञा गरेको भन्दै विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले हेटौंडा १ चौकीटोलमा र थाहा नगरपालिका १ खानीगाउँमा ट्रकमा आगजनी गरेका हुन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकीटोलमा रोकिराखेको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगजनी भएको स्थान...

बम बिस्फोटमा बिप्लब समुहका ४ जनाको मृत्यु

काठमाडौं । बम बिस्फोट हुँदा बिप्लब समुहका ४ जनाको ज्यान गएको छ। उनीहरुको आफैले बनाइ राखेको बम बिस्फोट भएर मृत्यु भएको हो। सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना, तर तीन ठाउँमा अघिल्लो बेलुकी नै विस्फोट, राजधानीका थप चार ठाउँमा बम भेटियो घट्टेकुलो ४ः१५ मा घरको कोठाभित्र विस्फोट हुँदा विप्लव समूहको विद्यार्थी संगठनका सिटिइभिटी कमिटीका अध्यक्ष प्रज्वल ९विशाल० शाहीको मृत्यु भएको छ । शाही बझाङका हुन् । सो कोठामा सँगै रहेका पश्चिम...

नेपाली सेनाका एक जना कर्नेल जेल चलान

काठमाडौं ।नेपाली सेनाले एक जना कर्नेललाई बर्खास्त गर्दै जेल चलान गरेको छ। भ्रष्टाचार अभियोगमा ती कर्नेललाई ३ महिनाका लागि जेल हालिएको हो।   नेपाली सेनाको उदयपुरस्थित कालिसिद्धी गणका प्रमुख सेनानी केशवराज कार्की आर्थिक अनियमिततामा मुछिएपछि बर्खास्तीमा परेका छन् । जनरल समरी सैनिक अदालतले कार्कीलाई दोषी ठहर गर्दै सेवाबाट बर्खास्त गरेर ३ महिना कैद र अनियमितता भए बराबरको रकम फिर्ता गराउन शुक्रबार आदेश दिएको हो ।सैनिक प्रबक्ता विज्ञानदेव पाण्डेका अनुसार जंगी अड्डाले भ्रष्टाचार गरेको...