गृहमन्त्रीले भने: बम विस्फोटमा नागरिक मारिएका छैनन्, कांग्रेस सांसदको प्रश्न: नागरिक नभए कुन देशका हुन्?
प्रकाशित मिति : २०७६, १३ जेष्ठ सोमबार १४:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं ।गृहमन्त्री रामबहादुर थापाले काठमाडौंको सुकेधारा र घट्टेकुलोमा आइतबार भएको बम विस्फोटमा मर्ने नागरिक नभएको बताएका छन्। सोमबार प्रतिनिधि सभामा जानकारी दिँदै मन्त्री थापाले बम विस्फोटमा मृत्यु र घाइते भएका विप्लवका कार्यकर्ता भएको बताए।
Advertisement
‘उनीहरू नेत्र विक्रम चन्द नेतृत्वको नेकपा माओवादीको कार्यकर्ता हुन्,’ मन्त्री थापाले भने।
तर प्रतिनिधि सभामा कांग्रेस सभासद पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को होरु भन्दै प्रश्न गरेका थिए।
बैठकमा थापाले चन्दले जनपरिषद गठन गरेको, नेकपा नामक पार्टी गठन गरेको, ४ वटा कम्पनी निर्माण गरेको, संविधानविरूद्ध गैरकानुनी काम गरेको बताएका थिए।
सेतोपाटीबाट।