प्रदेश ३मा रहेका समाचारहरु
काठमाडौं। आइतबार देशभरीका अदालतहरु बन्द हुने भएका छन।पूर्व प्रधानन्यायाधीश नयनबहादुर खत्रीको पार्थिव शरीरलाई शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ।बिहीबार राति ९९ वर्षको उमेरमा ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएका उनको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्युष्टि गरिएको हो । पूर्व प्रधानन्यायाधिश खत्री पछिल्लो समय अल्जाईमर्स रोगबाट पीडित थिए । नेपालको छैठौं प्रधानन्यायाधीश बन्न सफल भएका खत्रीले प्रेस काउन्सिल नेपाल र राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षको जिम्मेवारी पनि सम्हालेका थिए...
काठमाडौं ।त्रिभुवन विमानस्थलमा एक करोड बढी भारतीय नक्कली नोटसहित आधा दर्जन ब्यक्तिहरु पक्राउ परेका छन् ।नक्कली भारतीय नोटसहित युनुस अन्सारीलाई समेत प्रहरीले पक्राउ गरेको छ। कतारबाट पाकिस्तान हुदै आएका उनलाई विशेष ब्युरो र विमानस्थल प्रहरीले पक्राउ गरेको हो। अहिले उनीबाट बरामद रकमको मुचुल्का गरिने काम भइरहेको प्रहरीले जनाएको छ। ‘उनीबाट लाखौं रकम बरामद भएको छ, हामी गन्ने काम गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने। उनीसँगै कतारबाट आएका तीन जना नेपाली र...
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई चुनावको पूर्ण परिणाम आउनु अगावै जितको शुभकामना दिनुभएको छ । भारतीय लोकसभा निर्वाचनको अहिले मतगणना भइरहेको छ। ५ सय ४२ लोकसभा सिटमा सत्तारुढ भारतीय जनता पार्टीले २ सय ९६ सिटमा अग्रता लिएको भारतीय चुनाव आयोगले जनाएको छ। आयोगका अनुसार प्रमुख प्रतिपक्ष भारतीय कांग्रेसले मात्र ५१ स्थानमा अग्रता हासिल गरेको छ।आयोगले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रको मतगणना नसकिएको र कसैले पनि स्पष्ट जित...
काठमाडौं ।एक जना खुंखार डाँका पक्राउ परेका छन।प्रहरीले काठमाडौंको टोखाबाट गोली हानेर विष्णु तामाङलाई पक्राउ गरेको छ । काले भनेर चिनिने तामाङले पूर्वएआईजी जयबहादुर चन्द र पूर्व डिआईजी विश्वराज सिंह शाहीको घरमा समेत डकैती गरेका थिए । प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका तामाङ टोखामा रहेको सूचना पाएपछि सोमबार बिहान प्रहरीको टोली त्यहाँ पुगेको थिए । उनलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण प्रयास गरेपछि गोली हानेर पक्राउ गर्नु परेको महानगरीय प्रहरी...
चितवन । काकडभिट्टाबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूलीमा दुर्घटना हुदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २९ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये चार जनाको शव बाहिर निकालिएको र एक जनाको शव पानीमै रहेको प्रदेश नम्बर ३ प्रहरीले जानकारी दिएको छ। ‘मृतकमध्ये...
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव नेता भएको आरोपमा पक्राउ परेका चिरन्जीवी ढकाल जिल्ला अदालत काठमाडौको आदेशले छुटे लगत्तै पुनः प्रहरीले पक्राउ गर्न खोजेपछि झडप भएको छ। अखिल क्रान्तिकारीका अध्यक्ष तथा कानुन व्यवसायी समेत रहेका ढकाललाई प्रकाउ गर्न खोज्दा काठमाडौ जिल्ला अदालत परिसरमा प्रहरी र कानुन व्यवसायीबीच झडप भएको हो। ललितपुर जिल्ला बार एसोसिएसनका कार्यसमिति सदस्य चिरन्जीवी ढकाललाई जिल्ला अदालत काठमाडौंले साधारण तारेखमा रिहा गर्न आदेश जारी गरेको थियो। प्रतिबन्धित चन्द...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चुनावमा पार्टीलाई हराउनेहरु पाटीभित्र बलशाली भएकाले पार्टी संकटमा फसेको दाबी गर्नुभयो । आज काठमाण्डौमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो गर्नुभयो । उहाँले चुनावमा पार्टीलाई जिताउने गरी काममा जुट्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो । सभापति देउवाले दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले पराजय भोगेको तर हारको दोष आफूलाई...
धादिङ।नेपालमा भुकम्पले अझै त्रास दिन छोडेको छैन् ।धादिङमा शुक्रबार दिउँसो पाँच रेक्टर स्केलको भूकम्प भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर ८ मिनेट जाँदा धादिङको कुम्पुर आसापास केन्द्रविन्दु बनाएर उक्त भूकम्प भएको हो। भूकम्पको धक्का छिमेकी मकवानपुर, गोरखा र नुवाकोटमा पनि महशुस भएको छ। केन्द्रले २०७२ वैशाख १२ को भूकम्पको परकम्पको रूपमा आजको भूकम्प भएको जनाएको छ। ...
चितवन : पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनको टिकौलीमा रहेको सडक बोर्डको कर उठाउने ढाटमा स्थानीयले आगो लगाइदिएका छन् । शुक्रबार विहान ११ बजेको समयमा ३० देखि ४० जनाको संख्यामा आएको स्थानीयको समूहले टिकौलीमा रहेको सडक बोर्डको ढाटमा आगो लगाइदिएका हुन् । उनीहरुले ढाटमा पेट्रोल छर्केर आगो लगाएका जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी दीपेन्द्र शाहले जानकारी दिए । आगो लगाउने समूहको नेतृत्व चितवन क्षेत्र नं १ (ख) का प्रदेशसभा सदस्य कृष्ण खनालले गरेका प्रहरीले...
काठमाडौं । जनवर्गीय संगठनको नेतृत्व टुंगो लगाएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा असन्तुष्टि देखिएको छ । नेकपा सचिवालयले बिहीबार विद्यार्थी संगठनको संयोजक ऐन महर र रञ्जित तामाङलाई सहसंयोजक तोकेको थियो । महर तत्कालीन एमाले सम्बद्ध अनेरास्ववियुका महासचिव थिए हुन् भने एमाले सम्बद्ध अनेरास्ववियुकी अध्यक्ष नविना लामा हुन् ।तर, प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको जोडबलमा महरलाई संयोजक बनाइएको छ । यसलाई लिएर अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष रश्मी आचार्यले असन्तुष्टि...