प्रदेश ५मा रहेका समाचारहरु

बाँकेको नरैनापुरबाट सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा सेतो मटर बरामद

नेपालगञ्ज । बाँकेको नरैनापुरबाट भारततर्फ अवैधरुपमा पैठारी गर्न लागिएको डेढ सय क्विन्टल सेतो मटर प्रहरीले आज बरामद गरेको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ६ जमुनी नजिकै चेकजाँचका क्रममा तीन वटा ट्रयाक्टरमा लैजाँदै गरिएको २ सय ९९ बोरामा रहेको १ सय ४९ दशमलब ५ क्विन्टल सेतो मटर सशस्त्र प्रहरीले बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटरका  सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारीले जानकारी दिनुभयो । सशस्त्र प्रहरी...

नेपालमा संगठित अपराधको जालो

निराजन शर्मा।आधुनिक विज्ञानले मानिसको जीवनलाई सहज र सजिलो मात्रै बनाएको छैन नयाँ खाले समस्याहरू पनि सँगसँगै सिर्जना गरेको छ। विज्ञान र प्रविधिलाई सकारात्मक रूपमा प्रयोग गर्दा त्यसले सहजता प्राप्त हुन्छ भने त्यसको गलत प्रयोग हुँदा समाजमा नयाँ खाले अपराध र अपराधीहरूको विकास हुन पुग्छ । यहाँ त्यस्तै भएको छ, विज्ञान र प्रविधिको प्रयोग गरी संगठित रुपमा अपराध गर्ने प्रचलन वढेको छ जसलाई हामिले संगठित अपराधको संज्ञा दिएका छौ ।...

नेपालगन्जको इन्द्रेणी फिजियो केयरद्वारा सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था

नेपालगन्ज । नेपालगन्जको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टरले सेवाग्राहीलाई बिशेष छुटको ब्यबस्था गरेको छ। विजयादशमी तथा शुभ दिपावलीको  अवसरमा सेवा ग्राहीलाई ५० प्रतिशत छटको ब्यबस्था गरेको इन्द्रेणीका प्रमुख शुक्रऋषि चौलागाईंले बताउनु भयो। केही समय अघि मात्रै नेपालगञ्जको सुर्खेतरोड स्थित सिभिल बैंक तल खुलेको इन्द्रेणी फिजियो केयर एण्ड ल्याब्रोटरी सेन्टर नयाँ प्रविधिका साथ सञ्चालनमा आइसकेको छ ।    पेट छाती, मुटुुु, कलेजो, फोक्सो, मृगौला रोग विशेषज्ञ , हाड, जोर्नी,...

नेपालगञ्ज कारागारबाटै पैसा असुली धन्दा,एक जना सहयोगी पक्राउ

बाँके। नेपालगञ्ज कारागारमा ज्यानमार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेको व्यक्तिले कारागारबाटै धम्काई नेपालगञ्जका विभिन्न ट्राभल एजेन्सीबाट अनाधिकृत रकम असुल्ने गरेको बाँके प्रहरीले तथ्य फेला पारेको छ ।बाँके प्रहरीले ती व्यक्तिलाई रकम असुल्न सघाएको आरोपमा एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले दिएको जानकारी अनुसार नेपालगञ्ज कारागारमा अपहरण तथा ज्यान मार्ने उद्योगमा पुर्पक्षको लागि थुनामा रहेका सानोबाबु भन्ने धनबहादुर सुनारले कारागार...

सामाजिक सुरक्षा भत्ता लिन अब बैंक धाउनु पर्दैन् : उपप्रमुख- चौधरी
"कोहलपुुरकी उपप्रमुखको अर्को सर्हानिय कार्य "

कोहलपुर । कोहलपुर नगरपालिकाले अब देखि सामाजिक सुरक्षा भत्ता घरमै गएर दिने भएको छ। कोहलपुुरकि उपप्रमुखले अर्को सर्हानिय कार्य गर्नु भएको छ।कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले अब देखि उक्त सेवा घर घरमै पुराउने बताउनु भयो। कोहलपुर नगरपालिका भित्र रहेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक , एकल महिला, विधवा, लोपोन्मुख आदिवासी,जनजाती, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, बालबालिका सुरक्षा र जेष्ठ नागरिक औषधी उपचार भत्ता प्राप्त गर्ने उप प्रमुख चौधरीले...

नेपालगञ्जमा रामलीला शुरु

नेपालगञ्ज ।विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला शुरु गरिएको छ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा यसपाली पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज  १३ बाँके बगियामा सोमबाररातीदेखि रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्नेछ । यो सँगै...

बडिविल्डिङमा दाङका दहितलाई पदक

दाङ /लक्ष्मण बस्नेत।“कपिलबस्तु”श्री खूल्ला राष्ट्रिय बडिविल्डिङ च्याम्पियनसिपमा दाङका सुनिल दहित ले कास्य पदक हात पारेका छन् ।कपिलबस्तु शारिरीक सुंगठन तथा फिटनेसको आयोजना सनिवार सम्पन्न च्याम्पियनसिपमा ७५ के.जि. तौल समुहमा दाङ जिल्लाको प्रतिनिधित्व गर्दै फ्रेण्डस् फिटनेस सेन्टर तुलसीपुरका दहित ले कास्य पदक हात पार्न सफल भएका हुन् । दहितले यसअघि ७५ केजी तौल समूहमा चौथो मिस्टर काठमाण्डौमा चौथो,आठौं राष्ट्रिय शाररिक सुंगठन प्रतियोगीतामा ८० केजी तौल समूहमा चौथो, प्रदेश नम्वर ४ र...

गाई मर्दा बिरोध गर्ने मन्त्री राई,गाई काटदा किन चुप!!

नेपालगन्ज। सुर्खेतको कट्कुवामा ३५ गाई मरेको घटनाप्रति प्रतिक्रिया जनाएका शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईको यतिवेला चर्को आलोचना भइरहेकोछ ।केही दिन अघि बाँकेको खजुरा गाँउपालिका वडा नम्बर ७, बठुवामा गाई काटेर खाएको घटना सार्वजनिक भएसंगै मन्त्री राईको चर्को आलोचना भएको हो । बाँकेको खजुरागाउँपालिका वडा नम्बर ७ बठुवामा गाई काटेको विषयलाई लिएर नेपालगन्जका विभिन्न हिन्दु सनातनी संगठन तथा समूहले यस्तो बताएका हुन् ।सुर्खेतको कट्कुवामा मरेका गाईगोरुको विषयमा दुख लाग्यो भन्दै...

बाँकेमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु,अर्का एक घाइते

नेपालगन्ज । बाँकेमा एक जनाको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।खजुरा गाउँपालिका वडा नम्वर ३ मा आज दिउँसो  प्रदेश – ३ – २ – ०० – ११८५ नम्बरको मोटरसाइकल सडकको छेउमा रहेको बिद्युतको पोलमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परी खजुरा गाउँपालिका वडा नम्बर ४ का २४ बर्षिय कमल थापाको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए । मृतक थापा उक्त...

नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

नेपालगञ्ज। संचालनको क्रममा रहेको नेपालगञ्ज बसपार्कमा यात्रु सहायता कक्ष संचालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख जिल्ला अधिकारी कुमार  बहादुर खड्का, प्रहरी प्रमुख वीरबहादुर वली, नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, नेपाल राष्ट्रिय यातायात ब्यवसायी महासंघका उपमहासचिव डेकनाथ गौतम लगायतले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षको संचालन गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख  डा. धवलशम्शेर राणाले नेपालगञ्जमा अत्याधुनिक बसपार्क संचालन गर्न लागिएको भन्दै यातायात ब्यवसायी र आम...