सामाजिक सुरक्षा भत्ता लिन अब बैंक धाउनु पर्दैन् : उपप्रमुख- चौधरी "कोहलपुुरकी उपप्रमुखको अर्को सर्हानिय कार्य "
"कोहलपुुरकी उपप्रमुखको अर्को सर्हानिय कार्य "
प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार ११:११
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कोहलपुर । कोहलपुर नगरपालिकाले अब देखि सामाजिक सुरक्षा भत्ता घरमै गएर दिने भएको छ। कोहलपुुरकि उपप्रमुखले अर्को सर्हानिय कार्य गर्नु भएको छ।कोहलपुर नगरपालिकाकी उपप्रमुख सञ्जु कुमारी चौधरीले अब देखि उक्त सेवा घर घरमै पुराउने बताउनु भयो। कोहलपुर नगरपालिका भित्र रहेका जेष्ठ नागरिक, दलित जेष्ठ नागरिक , एकल महिला, विधवा, लोपोन्मुख आदिवासी,जनजाती, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता, बालबालिका सुरक्षा र जेष्ठ नागरिक औषधी उपचार भत्ता प्राप्त गर्ने उप प्रमुख चौधरीले बताउनु भयो। उहाँले ६ हजार तीन सय ३६ जनालाई घरघरमै सामाजिक सुरक्षा भत्ताबाट प्राप्त गर्ने रकम दिन लागेको जानकारी दिनुभयो । हाल कोहलपुर नगरपालिकाले एक चौमासिकमा पाँच करोड ५६ लाख ७४ हजार रुपैयाँ वितरण गरेको छ । उपप्रमुख चौधरीका अनुसार सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाईन लाग्नुपर्ने झन्झटिलो भएको, दिनभर लाईनमा बस्नुपर्ने तथा कतिपय अवस्थामा बैंकले सामाजिक सुरक्षा भत्ता लिनेलाई फिर्ता पठाउने गरेको र बैंकमा बस्ने ठाउँ समेत नभएकोले बैंकहरुको सहकार्यमा बैंकका प्रतिनिधि र वडाका जनप्रतिनिधिहरुको उपस्थितिमा घरघरमै सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिएको उप-प्रमुखले बताउनु भयो। ‘सामाजिक सुरक्षा भत्ता लिन अप्ठ्यारो भएको गुनासो आएपछि यस्तो निर्णय लिएका हौं’ उहाले भन्नुभयो। अब देखि ‘कोहलपुर नगरपालिका, बैंक र वडापालिकाका जनप्रतिनिधिहरुले सो रकम वितरण गर्नेछन् ।’ साथै उहाले कोहलपुर नगरपालिका भित्रको सामाजिक सुरक्षा भत्ता यहि असोज १६ र १७ गते सम्म वितरण गरिसक्ने बताउनु भएको छ ।
सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यविधि २०७५ ले स्थानिय तहका नगर तथा गाउँपालिकाका उप–प्रमुख तथा उपाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका दुई जना सदस्य, अपाङ्ग राष्ट्रिय प्रतिनिधि र पत्रकार महासंघका प्रतिनिधि सदस्य रहने सामाजिक सुरक्षा कार्यक्रमको स्थानीय स्तरको अनगुमन तथा सुपरीवेक्षण समिति रहने व्यवस्था गरेको छ । साथै उप-प्रमुखले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमलाई सफल बनाउका लागि बैंक र वडा पालिकाका जनप्रतिनिधिहरुलाई अनुरोध गरेकी छिन् । कोहलपुरका ११ वटा बैंकले सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा सहकार्य गरिरहेका छन् ।
Advertisement