नेपालगञ्जमा रामलीला शुरु
प्रकाशित मिति : २०७६, १३ आश्विन सोमबार ०८:४२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज ।विजयादशमीको घटस्थापनासँगै नेपालगञ्जमा रामलीला शुरु गरिएको छ । प्रत्येक वर्ष झैं विजयादशमीका अवसरमा यसपाली पनि नेपालगञ्जको रामलीला मैदानमा रामलीला मञ्चन शुरु गरिएको हो । असोज २१ गतेको विजयादशमीलाई लक्षित गर्दै नेपालगञ्ज १३ बाँके बगियामा सोमबाररातीदेखि रामलीला प्रारम्भ भएको हो । रामायणमा आधारित लीला प्रत्येक दिन राती ८ वजेदेखि रामको राज्याभिषेक गरुन्जेलसम्म जारी रहनेछ । भारतको वृन्दावनबाट राधारमण शर्माको नेतृत्वमा २१ जनाको टोलीले रामलीला मञ्चन गर्नेछ । यो सँगै नेपालगञ्जको रामलीला महोत्सव १ सय ५२ औं वर्षमा प्रवेश गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खडका र नगर प्रमुख डा धवल शम्शेर राणाले संयुक्त रुपमा विधीवत पुजापाठ गरि रामलीला शुभारम्भ गर्नु भयो ।
प्रमुख जिल्ला अधिकारी खडका र नगर प्रमुख राणाले रामलीलाले धार्मीक र सांस्कृतिक सन्देश सँगै आपसी एकता तथा भातृत्व कायममा समेत मद्यत पु¥याउने विश्वास व्यक्त गर्नु भयो । बाँकेका प्रहरी प्रमुख विर वहादुर ओली, विशिष्ठ अथिती लगायतको उपस्थिती रहेको समारोहमा सञ्चालक समितीका कार्यबाहक अध्यक्ष सन्तोष कनोडिया, सञ्चालक समितिका महामन्त्री जगदिश प्रसाद वैश्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका अधयक्ष नन्दलाल वैश्य लगायतले रामलीलाका विविध पक्षबारे बोल्नु भएको थियो । यस अघि दिउसो शोभायात्रा समेत गरिएको थियो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको रामलीलालाई भब्य, सभ्य र सफल बनाउन गिठत विभिन्न ६ वटा समिती क्रियाशिल छन् । पछिल्लो समय नयाँ पुस्ताले आफ्नो परम्परागत संस्कार भुल्दै गइरहेका बेला नेपालगन्जका रैथाने मधेसी समुदायले भने रामलीलाको संस्कारलाई जोगाउन सफल भएका छन् ।
Advertisement