अछाममा जमिन खन्दा भेटियो १०५ तोला सुन
प्रकाशित मिति : २०७६, २८ बैशाख शनिबार ०८:२५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अछाम । अछाममा जमिन खन्दा सुन फेला परेको छ।क्याम्पस भवनका लागि जग खन्ने क्रममा जमीनमुनिबाट सुनचाँदी फेला परेको साँफेबगर नगरपालिका–२ श्रीकोटमा थप सुनचाँदी भेटिएको छ । यसअघि भवनको जग खन्ने क्रममा यही वैशाख २० गते १९ तोला ८९ लाल सुन र १३२ तोला ७३ लाल चाँदी फेला परेकामा शुक्रबार थप २५ तोला सुन र ३० तोला चाँदी फेला परेको हो ।
Advertisement
भवनको जग खन्ने क्रममा सुन भेटाएका मजदूरबीच भागबण्डा नमिलेपछि कुरा बाहिर आएको थियो । उनीहरुको साथमा रहेको सुन अहिले प्रहरीको संरक्षणमा राखिएको छ । सात मजदूरलाई नियन्त्रणमा लिएर थप सोधखोज गर्दा पछिल्ला दिनहरुमा थप सुन फेला पर्दै गएको थियो ।
जमीनमुनि अझै पनि सुन रहेको आशङ्कामा क्याम्पस भवन निर्माणस्थललाई प्रहरीले निगरानीमा राखेको छ ।जमीनमुनिबाट हालसम्म १०५ तोला सुन र ४०० तोला चाँदी फेला परेको छ ।