सुदूरपश्चिममा रासायनिक मलको अभाबले किसानहरु समस्यामा
प्रकाशित मिति : २०७६, ३१ बैशाख मंगलवार १०:०७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
धनगढी ।सुदूरपश्चिममा रासायनिक मलको चरम अभाब बढीरहदा किसानहरु समस्यामा पर्दै गएका छन् ।आवश्यकता अनुरुप मल नआएकाले सुदूरपश्चिम प्रदेशभरी रासायनिक मल अभाव भएको हो।
किसानले हरेक सिजनमा रासायनिक मलको अभाव खेप्दै आएका छन् । यसअघि, गहुँ सिजनमा पनि मलको चरम अभाव भएको थियो । धानको बीउ छर्नका लागि मल नपाएपछि कृषकको दौडधुप बढेको छ । मल खोज्नका लागि भारतीय बजारसम्म पुग्ने गरेको उनीहरुले बताएका छन् ।
‘आवश्यक परेको बेला जहिल्यै मल अभाव भइरहेको छ’, स्थानीय कृषक राजेश चौधरीले भने–‘हामीले अहिले मल पाएन भने, पाउने कहिले’।
सुदूरपश्चिम प्रदेशभरीका लागि आवश्यक पर्ने मल आपूर्ति हुन नसकेको जनाइएको छ । प्रदेशमा युरिया र डीएपी १५÷१५ हजार मेट्रिक टन, पोटास एक हजार मेट्रिक टन माग रहेको छ । तर, कुल मागको आधामात्रै रासायनिक मल आयात भइरहेकाले अभाव देखिएको बताइएको छ ।
धानको बीउ छर्ने बेला डीएपी बढी आवश्यक पर्ने भए पनि बजारमा अभाव रहेको धनगढी उपमहानगरपालिका ८ का कृषक भरोसे रानाले बताए । ‘आवश्यक परेको बेला मल नपाउँदा हामी किसान निराश भएका छौं’, उनले अगाडि थपे–‘किसानले समयमा मल नपाए उत्पादन कसरी बढ्ने रु’
राजनीतिक दलका नेताले कृषि क्रान्तिका बारेमा ठूला–ठूला गफ दिने गरे पनि आफूहरुले जुनसुकै सिजनमा मल अभावको समस्या झेल्दै आएको किसान बताउँछन् । किसानलाई आवश्यक परेकै बेला मल अभाव हुने गरेको उनीहरुको गुनासो छ । ‘आवश्यक परेको बेला समयमा कहिल्यै पनि मल पाइदैन’, कैलारी गाउँपालिका–८ पृथ्वीपुरका कृषक बाँधुराम चौधरीले भने–‘नेताको ठूला–ठूला गफमात्रै सुनिन्छ ।’
सुदूरपश्चिम प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी संस्थाले प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउनका लागि पञ्चवर्षीय रणनीति तयार पार्दैछ । मन्त्रालयले कृषि आत्मनिर्भरको कुरालाई अगाडि बढाइ रहँदा किसान भने पहिलेको जस्तै मल अभाव समस्या झेलिरहेका छन् ।
किसानले बीउ छर्ने बेला मल अभाव भएको गुनासो गरिरहेको बेला कृषि सामग्री कम्पनी लिमिटेड धनगढीले पनि आवश्यकतानुरुप मल उपलब्ध गराउन नसकेको स्वीकार गरेको छ । सरकारद्वारा अनुदानित रासायनिक मललाई कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले सहकारीमार्फत किसानलाई उपलब्ध गराउँदै आएको छ ।
मौज्दात मल सकिएकाले अहिले धान बीउ छर्नका लागि किसानलाई मल उपलब्ध गराउन समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड धनगढीका निमित्त प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । ‘मौज्दात सबै मल बिक्र वितरण गरिसकेका छौं’, उनले भने ।
चैत र वैैशाखमा गरी छ सय मेट्रिक टन युरिया र सात सय मेट्रिक टन डीएपी बिक्री वितरण गरेको कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले यो वर्ष प्रदेशभरि युरिया चार हजार ५२६ मेट्रिक टन, डीएपी चार हजार १२३ मेट्रिक टन र पोटास १९५ मेट्रिक टन बिक्री वितरण गरिसकेको छ ।
सरकारद्वारा अनुदानित रासायनिक मल ७० प्रतिशत कृषि सामग्री कम्पनी लिमिटेड र ३० प्रतिशत मल साल्ट ट्रेडिङ कर्पोरेशनले किसानलाई उपलब्ध गराउने गरेका छन् । कृषि सामग्री कम्पनी लिमिटेडको जिम्मेवारी बढी रहेकाले किसानलाई समयमै मल उपलब्ध गराउनका लागि उसले नै बढी पहल गर्नु पर्ने साल्ट ट्रेडिङ कर्पोरेशनका सह–महाप्रबन्धक केशवप्रसाद पाण्डेयले बताए ।
उनले साल्ट ट्रेडिङमा २८२ मेट्रिक टन युरिया आएको जनाउँदै भने–‘त्यहि मल किसानलाई बिक्री गरिरहेका छौं । तर, हामीसंग डीएपी छैन ।’
Advertisement