सुशासनका लागि युवा चासो वृद्धि गर्न मेरो पालिकाः मेरो चासो अभियान
प्रकाशित मिति : २०७५, २४ फाल्गुन शुक्रबार १९:१३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
महेन्द्रनगर(कन्चनपुर)।स्थानीय तहको बजेट तथा यसको खर्च प्रक्रियाको बारेमा युवाहरुको चासो वृद्धि गर्न कन्चनपुरमा विविध कार्यक्रमहरु गरिएको छ । स्थानीय तहका सरकारले बजेट बनाउने र त्यसलाई खर्च गर्ने प्रक्रियाका बारेमा जानकारी तथा जनचासो वृद्धि गरी भ्रष्टाचार तथा अनियमितता हुन नदिनका लागि अभियानको सन्चालन गरिएको हो ।
Advertisement
पारस्परिक जवाफदेहिता कार्यक्रम अन्र्तगत सन्चार पैरवी गर्ने संस्था इक्वेल एक्सेसले बिहिबार र शुक्रबार महेन्द्रनगरमा जारी महोत्सव, क्याम्पस तथा कुष्णपुर नगरपालिकामा रहेको साझा सभा र रेडियो श्रोता क्लवमा मेरो पालिकाः मेरो चासो अभियान सन्चालन गरेको हो ।अभियान अन्र्तगत बिहिबार महेन्द्रनगरमा जारी कन्चनपुर पर्यटन महोत्सवमा मेरो पालिकाः मेरो चासो अभियान अन्र्तगत स्टलबाट चार सय भन्दा बढिले जानकारी प्राप्त गरेका छन् । बिहिबार र शुक्रबार महोत्सवमा पर्चा, पम्पलेट तथा सचेतनामुलक अडियो सामाग्रीको माध्यमबाट महोत्सवमा आएका व्यक्तिहरुलाई जानकारी दिइएको इक्वेल एक्सेसका आउटरिच एशोशिसयट भिमबहादुर सार्कीले जानकारी दिनुभयो ।
बिहिबारनै सुदूरपश्चिमान्चल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरुमाँझ पनि अभियानको बारेमा अभिमुखिकरण गरिएको इक्वेल एक्सेसका मिडिया आउटरिच म्यानेजर बिशाल रानामगरले जानकारी दिनुभयोे । फोन, एसएमएस तथा सामाजिक सन्चालको प्रयोग गरि सहभागी हुन सकिने अभियानको अभिमुखिकरणमा विश्वविद्यालयमा अध्ययनरत ३४ जनाले सहभागीता जनाएको थिए भने एक दर्जनले प्रत्यक्षरुपमा अभियानमा सहभागीता जनाएका थिए ।
सन्जीवनी नेपालसँगको सहकार्यमा आयोजना गरिउको अभिया अन्र्तगत बिहिबारनै कृष्णपुर नगरपालिका १ मा रहेको साझा सभामा र शुक्रबार रेडियो श्रोता समुहमा मेरो पालिकाः मेरो चासो अभियानका बारेमा अभिमुखिकरण गरिएको थियो । जसमा ६० जनाले अभियानको बारेमा जानकारी प्राप्त गरेका थिए ।
अभिमुखिकरणमा कृष्णपुर नगरपालिका वडा नं. १ का युवाहरुले आफ्नो वडामा भएको विकास निर्माणको कामको बजेटको पारदर्शितामा चासो देखाएका थिए । स्थानीय सरकारले स्वास्थ्य, शिक्षा, कृषिको क्षेत्रमा बजेट बनाई कार्यान्वयन भइरहेको भएता पनि यसका बारेमा स्थानीयमा जानकारीको कमी रहेको बताएका थिए ।
शुक्रबार आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै स्थानीय संघर्ष रेडियो स्रोता समुहका सदस्य गयाप्रसाद चौधरीले स्थानीय तहमा सन्चालन भएका विकास निर्माणका योजनाहरुको योजना सूचना पाटी नराखिएकोले सूचना पाउन असहज भएको बताउनुभयो । योजनाहरु कार्यान्वयनपछि सार्वजनिक परिक्षण गरिनुपर्ने भएता पनि त्यसबारे स्थानीय युवाहरुले कमै मात्रामा जानकारी पाउने गरेको चौधरीले बताउनुभयो ।
कृष्णपुर १ मा गठन भएको स्थानीय सभाका संयोजक ढुण्डीराज भण्डारीले पनि योजना कार्यान्वय गर्दा योजना सूचना पाटी तथा सार्वजनिक सुनुवाईका साथै सार्वजनिक परिक्षण प्रभावकारी नभएको बताउनुभयो ।
नेपालका ३४ वटा जिल्लामा सन्चालित मेरो पालिका मेरो चासो अभियान युवाहरुलाई स्थानीय पालिकामा हुने बजेट निर्माण, कार्यान्वयन र पारदर्शितामा सहभागीता बढाई सुशासन अभिवृद्धि गर्न मद्दत गर्ने रानामगरले जानकारी दिनुभयो ।